महिलाले आफ्नो अस्तित्व स्वयं पहिचान गर्नु पर्छ:रन्जु पाण्डे


बिमलेश कुमार झा
रौतहट। २२ फागुन २०७८
सेतु नेपालको कार्यकारी निर्देशक रन्जु पाण्डेले महिलाले आफ्नो अस्तित्व स्वयं पहिचान गर्नु पर्ने बताएकी छिन्।
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाको परिसरमा हिमवन्ती नेपालद्वारा आयोजित लैङ्गकि हिंसा सम्बन्धि कार्यक्रमको अन्तयमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै महिला कुनै वस्तु होइन कि जुन बेला मन लाग्यो प्रयोग गर्ने र छोडिदिने महिलाले सचेत नागरिक भइ आफ्नो अस्तित्व स्वयं पहिचान गर्नुपर्ने पाण्डेले बताइन् ।
फतुवा विजयपुर नगरपालिकाको उपमेयर कान्ति देवीको प्रमुख अतिथियतामा हिमवन्ति नेपाल,सेतु नेपाल र सेसी नेपालको साझा सहयोगले नगरपालिका अन्तर्गत ४ वटा वडाहरुमा महिला हिंसा सम्बन्धि सर्वेक्षण गर्दा अत्यधिक मात्रामा महिलाहरु भावनात्मक हिंसा,शारीरिक हिंसा, यौन हिंसा र आर्थिक हिंसाको चपेटामा परेको देखिएको थियो।

पाण्डेले एउटा नगरपालिकाको ४ वटा वडाहरुलाई नमुनाको रुपमा प्रस्तुत गर्दा रौतहट जिल्ला नै महिलाहरु विभिन्न हिंसाबाट ग्रसित रहेको अनुमान गरिन्।
अफूलाई थाहा नभए पनि प्रत्येक व्यक्ति हरेक छन् कुनै न कुनै हिंसाबाट ग्रसित भइरहेको हुन्छ र यस्बाट बचन एउटामात्र उपाए आर्थिक रुपमा बलियो हुनुपर्ने पाण्डेले सझाव दिइन्।

एचआईभी एडस रोगबाट ग्रसित महिलाहरुलाई विशेष प्राथमिकताका साथ सेतु नेपालले महिलालाई ५ दिन सम्मम काठमाडौंमा राखि सीपमूलक तालिम र आर्थिक उन्मुलन गर्दै आएको पाण्डेले बताइन्। हिमवन्ती नेपालको विज्ञ प्रमुख सिवेश गुप्ताले यस् संस्थाले महिलाको लागि सधै कुनै न कुनै सीपमूलक कार्यक्रम आयोजना गर्दै आएको र हिंसात्मक गतिविधिलाई न्यूनीकरण गर्दै आएको बताउनु भयो ।
हेमवन्ती नेपालको केन्द्रीय सदस्य सार्धा राइको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाको विभिन्न वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, प्रहरी,पत्रकार,बुद्धिजीवी लगायत विभिन्न महिलाहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here