सशस्त्र प्रहरी उपरीक्षक कार्कीको ठूलो सफलता,हुन्डीको नगद सहित भारतीय नागरिक नियन्त्रणमा

राैतहट।२७ फागुन २०७८
रौतहटको सरमुजवाबाट हुन्डी कारोवारी सहित नगद र भारतीय नम्बरको मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । बिशेष सुचनाको आधारमा हुन्डीको नगद सहित कारोवारी र भारतीय नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिन सफल भएको हो ।
शुक्रवार करिब १२ बजेको समयमा खटिएको स्कवाड टोलीले रौतहटको बौधिमाई नगरपालिका वडा नम्बर ९ सहरमुजवाबाट हुन्डीको १८ लाख ७३ हजार सहित भारतीय नागरिकलाई विशेष स्कवाड टोलीले नियन्त्रणमा लिन सफल सशस्त्र प्रहरी उपरीक्षक ध्रुव बहादुर कार्कीले बताउनु भयो । भारतीय नम्बर बि.आर.०५ वाई २०७९ नम्बर मोटरसाइकलको सिट मुनि, हेलमेट भित्र र टुल बक्स भित्र लुकाई छिपाई हुन्डीको कारोवार भइरहेको बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरीले भारतीय नागरिक सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नम्बर ११ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक ध्रुव बहादुर कार्कीले जानकारी दिनु भयो।
सशस्त्र प्रहरी उपरीक्षक कार्कीका अनुसार भारतको पुर्वी चम्पारण जिल्ला मोतिहारी थाना महुअवा बस्ने ४५ बर्षिय दिप नारायण प्रसादलाई हुन्डीको नगद सहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले बताएका छन्। नेपाली रुपैया १८ लाख ७३ हजार नगद र भारतीय मोटरसाइकलको मुल्य १ लाख गरी जम्मा १९ लाख ७३ हजार सहित भारतीय नागरिकलाई अवाश्यक कारवाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको उहाले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here