तराई मधेशमा होलिका (समत) दहन हुँदै,( फोटोफिचर )

बिमलेश कुमार झा

रौतहट।०४ चैत २०७८
तराई मधेशमा बिहीबार राती होलिका अथवा (समत) दहन गरिएको छ । मैथिली परम्परा अनुसार विभिन्न किसिमको बाजा बजाएर जोगिरा गाएर होलिको पहिलो राती होलिका दहन गर्ने इतिहास रहेको छ।

होलीको एक दिन पहिले होलिका दहन गर्ने परम्परा प्राचीन काल देखि नै चलि आएको छ।
पौराणिक मान्यता अनुसार होलिका हिरण्यकश्यप राक्षसको बहिनी तथा विष्णु भक्त प्रह्लादका फुपू हुन् । होलिकाले ब्रह्माबाट आगोले जलाउन नसक्ने वरदान प्राप्त गरेको र वरदानको फाइदा उठाउदै उनले जलाएर मार्नको लागि बिष्णु भक्त प्रह्लादलाई अंगालोमा लिएर आगोमा बसेकी थिइन् र यस क्रममा वरदानको दुरुपयोगका कारण र भगवान विष्णुको कृपाले गर्दा प्रह्लादलाई केही नभएको तर होलिकाको चाहिँ जलेर मृत्यु भएको बिश्वास रहिआएको छ र सोही दिनको स्मरणमा होलिका दहन गर्ने विधान रहेको छ ।

तराईमा फागुन शुक्ल चतुर्दशीका दिन रातमा होलीका दहन गरिन्छ। राति होलीका दहन गरिसकेपछि पूर्णिमाकाे बिहान पानीमा रङ घोलेर एक अर्कामाथि फाल्ने चलन छ। होलीलाई पुरानो कटुता समाप्त गरेर आपसमा मित्रता कायम गर्ने दिनको रुपमा समेत लिने गरिएको जानकारहरु बताउँछन्।
एक अर्कामाथि विभिन्न प्रकारका रङहरू दलेर मनाइने होली, यो वर्ष पहाडमा चैत ३ गते र तराईका जिल्लाहरुमा चैत ४ गते मनाइदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here