विधायक सिन्हाले गरे विकास कार्य तालिका सार्वजनिक, कुन वडामा कति रकम?


बिमलेश कुमार झा
रौतहट।०५ चैत २०७८
प्रदेश सभा सदस्य एवम् रौतहट निर्वाचन क्षेत्र नं २ ‘क’ को विधायक मा. श्री नागेन्द्र प्रसाद सिन्हाले आर्थिक वर्ष २०७८/०७९ को विकास कार्यक्रम कार्यनयन तालिका सार्वजनिक गरेका छन्।

रौतहट निर्वाचन क्षेत्र नं २ ‘क’ को विधायक सिन्हाले निर्वाचित भए देखि आफूले गरेको विकास कार्यहरुको तालिका जनता समक्ष पारदर्शी गर्दै आएको बताएका छन्।

विधायक सिन्हाले हाम्रो विकास कार्य इशनाथ नगरपालिका भित्र मात्रै केन्द्रित नरही रौतहट निर्वाचन क्षेत्र नं २ ‘क’ अन्तर्गत पर्ने हरेक वडामा सडक पूर्वाधार, स्वास्थ्य,शिक्षा, तथा विभिन्न समुदायका लागि मठ मन्दिर, कब्रिसतान, मदरसा लगायतका विकास कार्य गरेको बताएका छन् ।

आर्थिक वर्ष ०७८/७९ मा निम्न २९ वटा विकास कार्यक्रमको कार्य तालिका सार्वजनिक गरेका छन्।

रौतहटको इसनाथ नगरपालिका वडा १ बन्जारहामा मन्दिर मर्मत गर्न रु ५ लाख, कब्रिस्तानमा कम्पाउन्ड बाल निर्माण गर्न रु ९ लाख, वडा नं २ मा आन्तरिक सडक तथा पर्यटक स्थल मर्मत गर्न रु १४ लाख, हनुमान धर्मशाला निर्माण गर्न रु २१ लाख रकम छुट्टयाइएको छ।
त्यस्तै वडा नं ३ मा इसनाथ महादेव मन्दिरको गेट निर्माण गर्न रु १२ लाख ५० हजार, आन्तरिक सडक मर्मत तथा ढलान गर्न १० लाख, वडा नं ४ मा ब्रहम मन्दिर मर्मत गर्न रु ४ लाख, मठिया मोखतम मर्मत गर्न २ लाख, वडा नं ५ को लक्ष्मिनियामा कब्रिसतान कम्पाउणड बाल निर्माण गर्न १० लाख, वडा नं ६ मा छठ घाट निर्माण कार्यको लागि रु ८ लाख, मन्दिर निर्माण गर्न रु १२ लाख, वडा नं ७ को सानो घिउरामा छट घाट निर्माणका लागि रु १५ लाख, भगवती मन्दिर मर्मतका लागि रु ४ लाख, उक्त वडाको जोकहा गाउँमा मदरसा भवन निर्माणका लागि ९ लाख, वडा नं ८ को मोतिपुरमा स्वास्थ्य चौकी मर्मतका लागि रु ४ लाख, मदरसा निर्माणका लागि रु ७ लाख, आन्तरिक सडक मर्मतका लागि रु १० लाख, वडा नं ९ को डुमरियामा परोहा धर्मशाला निर्माणका लागि रु १२ लाख , ईशनाथ नपा भित्र विधुत पोल जडान गर्नका लागि रु ७ लाख रकम छुट्टयाइएको छ।

यस् क्षेत्र भित्र पर्ने राजपुर न.पाको वडा नं १ बस्ने इब्राहिमको घर देखि यार मह्मदको घर सम्म सडक मर्मत तथा ढलान कार्य गर्न रु ९ लाख, वडा नं २ मा विश्वकर्मा मन्दिर मर्मत गर्नका लागि १० लाख, वडा नं ३ बस्ने मजरुलाको खेत देखि रजैया सडक सम्म सडक मर्मत कार्य गर्नका लागि २५ लाख, वडा नं ९ बैरियामा मन्दिर निर्माण गर्न १० लाख ५० हजार रकम छुट्टयाइएको छ।

त्यस्तै परोहा नगरपालिका वडा नं ९ रामपुर खापमा धर्मशाला निर्माण गर्न ४ लाख, कब्रिसतान कम्पाउणड बाल निर्माण गर्न  ८ लाख र रामपुरमा मन्दिर निर्माण गर्न ८ लाख रकम छुट्टयाइएको छ।
रौतहट निर्वाचन क्षेत्र नं २ (क) भरि हैन्ड पाइप जडान गर्न ४५ लाख, प्रशासनिक खर्च र कार्यालय प्रशासनिक खर्च गरि जम्मा ३ करोड रकम विनियोजन भइ तुरुन्तै विकास कार्यक्रम कार्यनयन गर्ने भएको छ।

विधायक सिन्हाले यहीँ आर्थिक वर्षको असाढ मसान्तसम्म सम्पूर्ण कार्यहरु सकिने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here