व्यक्तिगत स्वार्थका लागि पार्टीलाई बदनाम नगर्न रेखा झाको चेतावनी


बिमलेश कुमार झा
रौतहट। ०८ चैत २०७८
संघीय सांसद तथा नेकपा एमालेको केन्द्रीय सदस्य रेखा झाले व्यक्तिगत स्वार्थका लागि पार्टीलाई बदनाम नगर्न चेतावनी दिएकी छिन्।

गत बुधबारको दिन रौतहटको हर्षाहा चौकमा भएको दुर्घटनालाई प्रहरीले निष्पक्ष छानबिन नगरि पक्षपात गरिरहेको भन्दै आज मंगलबार गरुडामा त्रिभुवन साहको नेतृत्वमा नेकपा एमालेको केही नेता कार्यकर्ताहरुद्वार गरेको आन्दोलनप्रति नेतृ झाले असन्तुष्टि जनाउँदै उक्त आन्दोलन पार्टीको नीति बिपरित रहेको समेत दाबी गरेकी छिन् ।

नेतृ झाले आज मंगलबार गरुडामा गरेको आन्दोलनलाई बहिष्कार स्वरुप प्रेस विज्ञप्ति जारी गर्दै उक्त आन्दोलन कार्यक्रम पार्टीको आधिकारिक निति र निर्णय बिपरित रहेको बताएकी छिन्।

नेतृ झाले गैर अधिकारी जिल्ला कार्यसमितिको निर्णयलाई नमान्न नेकपा एमालेको नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेकी छिन्।
कुनै एउटा सिमित व्यक्तिको व्यक्तिगत स्वार्थका लागि सिङ्गो पार्टीलाई बदनाम नगर्न नगराउन सचेत गराउदै निष्पक्ष छानबिनलाई प्रभावित नपार्न झाले चेतावनी दिएकी छिन्।

नेतृ झाले मिति २०७८/१२/०२ बुधबार राति रौतहटको चन्द्रनिगाहपुर गौर सडक खण्ड अन्तर्गत हर्साहा चौकमा स्कर्पियो पिकप गाडीको ठक्करबाट असामयिक ज्यान गुमाएका ३५ वर्षीय जितेन्द्र पटेल र २८ वर्षीय हरी ठाकुर प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै दुई जना गम्भीर घाइते भएका सुरक्षाकर्मीलाई शीघ्र स्वास्थ लाभको कामना गरेकी छिन् भन्ने उक्त दुर्घटनाको निष्पक्ष छानबिन गरि कुनै पनि प्रकारको राजनीतिकरण नगर्न नगराउन सम्बन्धित प्रशासनको समेत ध्यानाकर्षण गराएकी छिन्।

उनले दुर्घटनालाई राजनीतिकरण गरि गौरव शाली पार्टी नेकपा एमालेको नाम र गरिमालाई भजाएर निष्पक्ष छानबिनमा असर पुग्ने गरि कुनै पनि प्रकारको आन्दोलन र विरोधको कार्यक्रम नगर्न सम्बन्धित सबैमा आग्रह गरेकी छिन्।

उक्त दुर्घटनाको छानबिनमा सत्य तथ्य पता लगाई दोषीलाई उम्कन नदिने र निर्दोषलाई न फसाउने उनको भनाइ छ। साथै निष्पक्ष छानबिनका लागि आ-आफ्नो स्थानबाट साथ पुर्‍याउन नेतृ झाले विज्ञप्ति मार्फत सबै पक्षसँग आग्रह समेत गरेकी छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here