स्व.शिक्षक पटेल र स्व.ठाकुरको १३ औं पुन्यतिथीको श्रद्धाञ्जली सभा सम्पन्न,सभाबाट दोषीउपर कडा कारबाहीको माग।

राजेश पासवान।चैत १३।रौतहट

रौतहट /लापरबाही पुर्वक गाडी चलाइ ठक्कर दिएको कारण निर्मम तरिकाले मृत्युको मुखमा पुगेका,रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ६ हर्षाहा निवासी जितेन्द्र प्रसाद पटेल र उनका साथी हरी ठाकुरको १३ औं पुन्य तिथिमा आइतबार श्रधान्जली (शोक) सभा सम्पन्न भएको छ।

गत चैत २ गतेका दिन हर्षाहा चौक स्थित बेलुका करिब ८:३० बजेको समयमा होलीको त्यारीको लागि केही सामाग्रीहरु खरिद गरि,रोड देखि करिब १०० मिटर टाढा स्थानीय सुरक्षाकर्मी संगै चन्द्रनिगाहपुर-गौर सडक खण्डमा,एउटा पान पसलको साइडमा मोटरसाइकल रोकेर कुरा करिरहेको अवस्थामा पुर्व मन्त्री प्रभु साहको भाइ ठेकेदार नागेन्द्र साहको नाउँमा रहेको बा १७ च ६१६३ नम्बरको हाफ बडी भएको महिन्द्रा स्कार्पियोले लापरबाही पुर्वक गाडी चलाइ ठक्कर दिदा असामयिक निर्मम तरिकाले मृत्युको मुखमा पुगका श्री बतहु माध्यमिक बिधालय हर्षाहाका शिक्षक तथा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहट शाखा सदस्य जितेन्द्र ठाकुर र उनका साथी हरी ठाकुरको १३ औं पुन्य तिथिमा आइतबार वहाँको आफ्नै निवासमा श्रद्धाञ्जली (शोक) सभा सम्पन्न गरिएको हो।

सो शोक सभामा उपेका सम्पूर्णले स्व.शिक्षक र पटेल र उनका साथी ठाकुर प्रति उच्च सम्मानका साथ पुष्प,फुल,माला र अबिर चढाइ हार्दिक श्रद्धाञ्जली अर्पण गरेकका थिए भने सो श्रद्धाञ्जली सभामा दर्जनौं नेताले आ-आफ्ना मन्तव्य राख्दै दोषीउपर कडाभन्दा कडा कारबाहीको जोडदार माग गर्नुभएको थियो।

मन्तव्य राख्ने क्रममा नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटव्युरो सदस्य तथा संविधान सभा सदस्य राकुमार भट्टराईले स्व.पटेल र ठाकुर प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै,मृत्युलाई कसैले पनि रोक्न सक्दैन तर समयमा आफ्नो कालगतीका कारण भएको मृत्यु,कुनै रोग बलाएबाट ग्रसित भएर भएको मृत्यु र लापरबाही पुर्वक गाडी चलाइ निर्मम तरिकाले भएको मृत्युमा फरक रहेको बताए।

नेता भट्टराईले स्व.जितेन्द्र मेरो भतिज जस्तै थिए भने स्व.हरी पनि मेरो पार्टीको टोल कमिटीको सदस्य समेत रहेको थियो। त्यसैले यो घटनाले,आफुले आफ्नो परिवार र पार्टीको सदस्य गुमाएको अनुभती गरिरहेको बताउदै,घटना भएको आज १३ औं दिन बितिसक्दा पनि हालसम्म प्रहरीले दोषीमाथी कारबाही गर्न नसक्नु दुःखद कुरो रहेको बताए।

प्रहरीको काम र कर्तव्य माथि प्रश्न चिन्ह खडा गर्दै,जबसम्म दोषीमाथि कडा कारबाही हुदैन तबसम्म मृत आत्माको चिर शान्ति मिल्दैन भन्दै आफुहरु उक्त घटनालाई राजनीतिक रुप न दिएर कानुन अनुसारको दण्ड र कारबाही गराउन लागेको बताउनुभयो।साथै नेता भट्टराइले सो घटनामा संलग्न जो सुकै व्यक्ति भएपनी दोषीउपर हदैसम्मको कडाभन्दा कारबाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउदै जोडदार माग समेत गर्नुभयो।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका साथै विभिन्न पार्टीका सयौं नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे भने सो कार्यक्रममा विभिन्न ठाउँबाट आएका शिक्षक, कर्मचारी, सुरक्षाकर्मी,पत्रकार र जनमानस लगायत हजारौंको उपस्थिति रहेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here