वृन्दावन ८ मा नेकपा(एस)को वडा अधिवेशन सम्पन्न,अधिवेशनमै सयौंले गरे पार्टी प्रवेश।

राजेश पासवान।चैत २१।

रौतहट/नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)को वृन्दावन नगरपालिका वडा नं.-८ को वडा कमिटी गठन सफलता पुर्वक सम्पन्न भएको छ।

नेकपा(एस) को जिल्ला कमिटी सदस्य सलामोदिन दर्जीको सभाअध्यक्षतामा सम्पन्न कमिटी गठन कार्यक्रमबाट तुलसी रायको अध्यक्षतामा १०१ सदस्यीय कमिटी चयन गरिएको हो।

कमिटीको उपाध्यक्षमा-राजिन्द्र पटेल र पासपत पाल रहेका छन् भने सचिवमा श्याम पटेल,स.सचिव-राजेश यादव,गोबिन्द महतो र दशरथ राम रहेका छन् त्यसैगरी सदस्यहरुमा,उपेन्द्र साह,सतन राम,नवीन यादव,छोटेलाल साह कलवार,भदै पासवान र जोगि राम लगायत अन्य ९४ जना सदस्यहरु रहेका छन्।

कार्यक्रमबाट नेपाली कांग्रेस,नेकपा एमाले र माओवादी पार्टी परित्याग गरि १५१ जनाले नेकपा एमीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्।

सो कार्यक्रमबाट वडा कमिटीका जिम्मेवारी पाउने सम्पूर्णलाइ शुभकामना दिदै र कार्यक्रमबाटै पार्टी प्रवेश गर्ने सम्पूर्णलाई कार्यक्रमको प्रमुख अथिति,विशिष्ट अथिति र अथिति गणले फुलमाला तथा अबिरको टीका लगाइ भव्य स्वागत गरेका थिए।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेकपा एसका पोलिट व्युरो सदस्य वंशिधर मिश्र गरेका थिए भने विशिस्ट अतिथिक‍ो रुपमा मधेस प्रदेशका उधोग पर्यटन तथा वन राज्य मन्त्री नागेन्द्र यादव , अथितिहरुमा प्रदेश कमिटी सदस्य,वृन्दावन नगर इन्चार्ज तथा वृन्दावन नगर मेयर प्रत्यासी बिनोद प्रसाद पटेल ,त्यस्तै प्रदेश कमिटी सदस्य तथा गरुडा ना.पा. मेयर प्रत्यासी मोहम्मद शेख कलिमुलाह र विभिन्न जिल्ला कमिटी सदस्य,नगर कमिटी सदस्य गाउँ कमिटी सदस्यहरु लगायत स्थानीय नेता कार्यकर्ता,प्रशासन लगायत पत्रकारहरुको पनि सहभागीता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here