जातीय नारा लगाउने माथि शम्भु सिंहको आक्रोश।


बिमलेश कुमार झा
२२ चैत २०७८
नेकपा माओवादी केन्द्रबाट दुर्गा भगवती गाउपालिकाको मेयर प्रत्यासी शम्भु सिंहले जातीय नारा लगाउने माथि आक्रोश जनाएका छन्।
वैशाख ३० गते हुन गइरेको स्थानीय तह निर्वाचन नजिक्दै गर्दा केही गलत प्रवृत्तिका व्यक्तिहरुले हरेक गाउँमा जातीवादको नारा लगाइ रहेको बताए।
लोकतन्त्रको महान पर्व निर्वाचनलाई आफ्नो व्यवसाय ठान्ने केही गलत तत्वमाथि सिंहले आक्रोशित भएका छन्।

विगतको स्थानीय तह निर्वाचनमा थोरै मतले पराजित भए पनि यो पाँच वर्षमा यस् पालिकाले गरेको भ्रष्टाचार, अनियमितता र बेथितिलाई उजागर गर्न सफल भएको सिंहले दाबी गरेका छन्।
नेता सिंहले यो पाँच वर्षमा जनताको हरेक सुखदुःखमा सहभागी भइ आफू गर्भान्वित भएको बताए।

रौतहटको दुर्गा भगवती गाउपालिकाकामा नेपाली काङ्ग्रेस पार्टीको दुई तिहाइको सरकार रहे पनि नगर प्रमुख अरुण साहले जनता मुखि विकास कार्य गर्न असफल रहेको दाबी गरे।
नेकपा माओवादी केन्द्रबाट एउटा मात्र वडा अध्यक्ष धर्मेन्द्र झाले निर्वाचित भएका छन्। सिंहले पालिका अन्तर्गत रहेका पाँच वटै वडा मध्ये वडा नं ३ मा निर्वाचित वडा अध्यक्ष धर्मेन्द्र झासँग विकास गर्ने शैली सिक्नलाई निर्वाचित सम्पूर्ण जनप्रतिनिधिलाई आग्रह गरे।

हाम्रो उम्मेदवारी सबै वर्ग समुदायका नगरबासीहरुको समग्र विकासको लागि हुने र आफुलाई सवै नगरबासीहरुको समर्थन रहेको सिंहले बताए।

आफू निर्वाचित भए शिक्षा, स्वास्थ्य, रोजगार, कृषि र यो नगर क्षेत्र बाढी ग्रसित रहेकाले तटबन्धको ठोस व्यवस्था लगायतका विकास कार्य गर्ने बताएका छन्।

सिंहले आउदै गरेको स्थानीय तह निर्वाचनमा राजनीतिलाई व्यवसायीकरण गर्ने व्यक्ति सँग न ठगीनुलाई आग्रह गर्दै जनताले नेतालाई एक पटक ठगे नेताले जनतालाई ५ वर्ष सम्म ठग्ने समेत बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here