नेपाली कांग्रेस‌का पुरानो नेता हृदय नारायण यादवका समर्थकहरुलाई बाइपास गर्न खोज्दै छ:युवा नेता यादव


बिमलेश कुमार झा
२३ चैत २०७८
रौतहट।नेपाली काङ्ग्रेस पार्टीबाट गरुडा नगरपालिका मेयर पदको आकाङ्क्षी दिपक यादवले सुनिल यादव गुटले हृदय नारायण यादव समर्थकलाई बाइपास गर्न खोजी रहेको आरोप लगाएका छन।

गत फागुन २३ गते नेपाली कांग्रेस रौतहटको १४ औं जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा सुनिल यादव र हृदय नारायण यादव बीच प्रतिस्पर्धा हुदा हृदय नारायण समर्थकलाई सधैंका लागि आन्तरिक प्रतिद्वन्द्वी ठानि आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा टिकट वितरणमा समेत बाइपास गर्ने प्रयास भइरहेको याादवले आरोप लगाएका छन्।

लोकतन्त्रको मुल गहना भनेकै निर्वाचन हो। पार्टीको आन्तरिक निर्वाचनमा सर्वसम्मत सभापति चयन गर्ने वातावरण नबनाई प्रदेश सभापतिले अप्रत्यक्ष रुपमा नेपाली कांग्रेस‌ रौतहटको पुरानो नेता हृदय नारायण यादवको त्याग र संघर्षको अवमूल्यन गर्दै समर्थकलाई हतोत्साहित बनाउन हाल सम्म आफ्नो प्रतिद्वन्द्वी ठानिरहेको युवा नेता यादवले बताएका छन्।
नेपाली काङ्ग्रेसबाट निर्वाचित रौतहट जिल्लाको उत्कृष्ट तथा लोकप्रिय मेयर राम स्नेही यादवलाई समेत प्रदेश सभापतिले आफ्नो प्रतिद्वन्द्वी ठानेकोले निजको टिकट पनि रेड जोनमा राखिएको यादवको भनाइ छ।

नेपाली काङ्ग्रेसबाट गरुडा नगरपालिका मेयर पदमा हाल सम्म चार जनाले उमेदवारीको लागि दाबि तथा प्रयास गरिरहेको बुझिएको छ जस मध्ये जिल्ला सभापति जितेन्द्र यादव समर्थक रहेका सुनिल यादवको चर्चा पार्टी भित्र सर्वत्र रहेको सुन्दा आफूलाई अनौठो लागेको यादवले बताउँदै भैंसी चराउने मान्छेलाई सभापति बनाउन मिल्छ भन्दै हिडेका सुनिल यादवको भाषा सराहनीय नरहेको निजले बताएका छन् ।

रौतहटमा नेपाली काङ्ग्रेस पार्टी बीच भइरहेको आन्तरिक द्वन्द्वलाई अन्त्य गरि कुशल नेतृत्व गर्नेलाई टिकट नदिई तथा नेपाली कांग्रेसका पाटीको लागि जस्तोसुकै परिस्थितिमा पनि आफ्नो सम्पूर्ण जीवन भरि लगानी गरेका निष्ठावान कार्यकर्ताहरुलाई पाखा लगाएर मनपरी टिकट वितरण गरिएमा हामी स्वतन्त्रबाट पनि चुनाव लडन तयार रहेको समेत युवा नेता दीपक यदवले बताएका छन्। चुनाव नजिकिँदै जाँदा सवै राजनीतिक दलहरुमा आकांक्षीहरु धेरै जना देखिएकोले विस्तारै आन्तरिक विवाद सतहमा आउन थालेको छ । यसका साथै मेयर र उप मेयर लगायत विभिन्न पदको लागि आकांक्षी उम्मेदवारहरुले टिकटको दौडधुप सुरु गरेको र नपाउने अवस्था आएमा दल परिवर्तन गर्ने कार्य पनि सुरु गरि सकेका छन् । विभिन्न पालिकाहरुमा बिशेष गरी नेपाली कांग्रेस‌मा आन्तरिक किचलो खुलेरै बाहिर आएको छ। सम्भवतः रौतहट जिल्लामा पहिलो पटक नेपाली कांग्रेसबाट निर्वाचित राजपुर न पा का मेयर शेख सकिलले पार्टीबाट टिकट पाउने सम्भावना नदेखिएपछि नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्ने घोषणा गरि सकेका छन् । राजनीतिमा स्थायी मित्र र शत्रु नहुने भनाई रहेको छ जुन सत प्रतिसत सही हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here