प्रदीप यादवको चुनौती,मैले गरेको विकास र बाबू छोराले गरेको विकास गुणस्तरीयतालाई तुलना गरौ


बिमलेश कुमार झा
०३ वैशाख २०७९
नेकपा एकीकृत समाजवादी रौतहट जिल्ला कमिटीको उपाध्यक्ष एवम् बौधीमाई नगरपालिकाको मेयर प्रत्यासी प्रदिप यादवले मैले गरेको विकास र एउटै घरबाट निर्वाचित बाबू प्रदेश सांसद र छोरा मेयरले गरेको विकास गुणस्तरीयतालाई तुलना गर्न जनता अगाडि चुनौती दिएका छन्।
नेकपा (एस) बौधिमाई नगर कमिटी द्वारा वडा नं ६ पिपरियामा अयोजित चुनावी प्रचारप्रसार कार्यक्रमका विशिष्ट अतिथिका रुपम बोल्दै सो कुराहरु बताउनु भयो।

बौधिमाईमाई नगरपालिकाको मेयर राजिव रन्जनको बुबा रामकिशोर यादव रौतहट क्षेत्र नं २ `ख´ को प्रदेश सांसद हुन।

यी दुई बाबु छोराले विगत पाँच वर्षको कार्यकालमा हरेक क्षेत्रमा गरेको विकास गुणस्तरहीन रहेको दाबी गर्दै यदि सो कुरा झुठो भए बुबा छोरालाई जीवन भरि गुलामी गर्ने समेत जनतालाई वाचा गरे ।

वर्ष बित्ने लगत्तै वार्षिक कैलेन्डरको औचित्य नरहे झै निर्वाचित मेयर राजिव रन्जनले निर्माण गरेको सडक वर्ष नबित्दै खतम भएको नेता यादवले टिप्पणी गरे।

आफू हारेर पनि विद्यालय भवन, शौचालय, दलित भवन, सामुदायिक भवन, मठ मन्दिर, सडक तथा नाला लगायतका निर्माण कार्य गरेको नेता यादवले बताएका छन्।

नेता यादवले बौधिमाई नगरपालिकाको निर्वाचित मेयरले समाजिक प्रायोजनका लागि खरिद गरेका ट्याक्टर तथा डोजर आफ्नो निजि काममा प्रयोग गर्दै आएको खुलासा गरेका थिए।

नगरपालिकाले खरिद गरेका ट्याक्टर आफ्नो राजनीतिक कार्यक्रमका लागि टेन्ट सामाग्री ढुवानी गर्ने र कोल्ड स्टोरमा आलु लाने ल्याउने काम गरिरहेको खुलासा गरे।
मेयरको यादवको दाइ पर्ने क्षेत्र नं ३ का पूर्व सांसद जितेन्द्र यादवको बालुवा करोशरमा यस पालिकाको डोजर प्रयोग गर्दै आएको नेता यादवले दाबी गरेका छन्।

डोजर खरिद गर्दा केही समय भन्सारमै राखिएको थियो तर सो समयमा डोजर सर्भिसिङ्गको नाममा पैसा निस्कासन भएको प्रमाण सहित उपस्थित जनतालाई बताएका थिए।

नेता यादवले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, वन, सडक पूर्वाधार लगायतका क्षेत्रमा भएको अनियमितता, भ्रष्टाचार र बेथितिलाई प्रमाण सहित जनता समक्ष भणडाफोर गरेका थिए।

यादव अनुसार निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो ५ वर्षे कार्यकालमा शिक्षा,स्वास्थ्य, रोजगारी, यातायात, सडक पूर्वाधार लगायतका क्षेत्रमा विकास नगरेको दाबी गरे ।

यादवले विगतको निर्वाचनमा तत्कालीन नेकपा एमालेका तर्फबाट चुनाव लडदा झिनो मतान्तरले मात्रै पराजित भएको र
सो पराजयलाई अवसरको रुपमा लिइ अझै उर्जाका साथ विगत ५ वर्ष सम्म जनतामा समर्पित भइ काम गर्दै आएको र सो कार्यको मुल्यांकन गरि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा यहाँका जनता जनार्दनले आफ्नो अमूल्य मत दिई मेयर पदमा बिजयी गराउनेमा आशावादी रहेको बताएका छन्।

रामदेव यादवको अध्यक्षतामा भएको कार्यक्रको प्रमुख अतिथि मितेश मिश्र, अतिथि वडा नं ६ का वडा प्रत्यासी गगन यादव, वडा नं ८ का वडा अध्यक्ष उपेन्द्र दास, युवा नेता रमेश जैसवाल, वडा नं ९ का प्रत्यासी जियालाल यादव लगायत यस पार्टीका विभिन्न नेता कार्यकर्ताहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here