युवालाई रोजगार दिने मोहन यादवको प्रतिबद्धता

बिमलेश कुमार झा
९ वैशाख २०७९

रौतहटको गौर नगरपालिकाका नेपाली काङ्ग्रेस पार्टीका नगर अध्यक्ष एवम् मेयर पदका उमेदवार मोहन यादवले नगर क्षेत्र भित्र रहेका एक हजार युवालाई रोजगार दिने आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन् ।

नेपाली काङ्ग्रेसबाट मेयर पदको उमेदवार यादवले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा निर्वाचित भए आफ्नो पाँच वर्षका कार्यकालमा एक हजार भन्दा बढी युवाहरूलाई रोजगार दिने प्रतिबद्धता जनाएका छन्।

यादवले संविधानले रोजगारीलाई मौलिक अधिकारका रुपमा समावेश गरिसकेकाले आफू निर्वाचित भए एक हजार युवाहरुलाई रोजगार दिने आफ्नो प्रमुख लक्ष्य रहेको बताएका हुन् ।

देशमा बेरोजगारीको संख्या बढ्दै गएकाले दिनहुँ हजारौंको संख्यामा देशका होनहार युवाहरु विदेश पलायन हुने गरेको छ सो समस्यालाई समाधान गर्न नगर क्षेत्र भित्र रहेका युवाहरुलाई विभिन्न सीप मुलक तालिम गराइ एक हजार युवाहरुलाई रोजगार दिने आफ्नो प्रमुख लक्ष्य रहेको बताएका हुन् ।

हाम्रो मुख्य एजेन्डा युवालाई रोजगारी दिने भए पनि रौतहट जिल्लाकै धरोहरका रुिमा राइस् मिल जग्गालाई सार्वजनिकीकरण गरि बहुउद्देश्यीय मैदान बनाउने समेत लक्ष्य बोकेको बताएका छन् ।

यादवले गौर नगरलाई शैक्षिक केन्द्रको रुपमा विकसित गर्न नगपालिका भित्र पर्ने सम्पूर्ण सामुदायिक विद्यालयलाई पूर्णरूपमा नि:शुल्क अंग्रेजी माध्यम शिक्षा सहित दिवा आवासीय विद्यालयको रुपमा संचालन गर्ने र सो विद्यालयहरुलाई पूर्णरूपले अत्याधुनिक शिक्षण सिकाइ तथा सुविधा युक्त बनाउने बताउनु भयो ।

शिक्षा क्षेत्रमा राज्यले प्रसस्तै लगानी गरे पनि लगानी अनुसारको प्रतिफल पाउन नसकेको यादवले गुनासो गरे ।

तालिम प्राप्त र दक्ष जनशक्ति हुँदाहुँदै पनि सरकारी विद्यालयले सोंचे जस्तो नतिजा ल्याउन नसकेकोप्रति सचेत गराउँदै उहाँले समयको मागसँगै सरकारी विद्यालयले पनि अंग्रेजी माध्यममा पठन पाठन सुरु गर्नुपर्नेमा जोड दिए । पछिल्ला वर्षहरूमा सरकारी विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गएको प्रति सचेत गराउँदै यादवले विद्यालय समायोजन गर्दैमा समस्याको समाधान नहुने भन्दै विद्यालयप्रति विद्यार्थीको आकर्षण ल्याउने खालका कार्यक्रम संचालन गर्नुपर्ने बताए ।

सहकारीमा आधारित कृषि प्रणाली संचालन गर्ने तथा स्वास्थ्यका क्षेत्रमा सुधार गर्न प्रत्येक स्वास्थ्य चौकीमा MBBS डाक्टरको सुविधा सहित प्रदेश सरकारसँग समन्वय गरि गौरका प्रादेशिक अस्पताललाई सुविधा युक्त अस्पतालका रुपमा विकसित गर्ने समेत यादवले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here