शिक्षक अगाडि परीक्षार्थीहरुले किताबबाट परिक्षा दिदै, प्र.अ.समेतले बने मूकदर्शक


बिमलेश कुमार झा
९ वैशाख २०७९

रौतहट। रौतहटको एक विद्यालयमा शिक्षक अगाडि परीक्षार्थीहरुले किताबबाट परिक्षा दिइरहेको प्रमाण फेला परेको छ। रौतहटको मौलापुर नगरपालिका वडा नं १ अन्तर्गत पर्ने श्री मावि मर्यादपुरका विद्यार्थीहरु किताबबाटै देखेर परिक्षा दिदै गरेको प्रमाण सार्वजनिक भएको हो।
कक्षा ९ का एक विद्यार्थीले पेशा विषय पढाउनु पर्ने जिम्मा प्र.अ.रामश्रेष्ठ यादवको रहेको पनि निजले एक दिन समेत सो विषय नपढाएकोले हामीले किताबबाट लेखिरहेको बताएका छन् ।

पेशा विषय पढाउने प्र.अ. यादवले एउटा पनि पाठ नपाइ प्रश्न सोधेको विद्यार्थीहरुले गुणासो गरे। सो विषय बारे प्र.अ. यादवसँग बुझदा आफू विद्यालयको काममा व्यस्त हुदा पढाउन नसकेको बताएका छन्।

तर पेशा विषय मात्र होइन स्वास्थ्य शिक्षा, कम्यूटर, जनसंख्या लगायतका विषयवस्तु कुनै पनि शिक्षकले अध्यापन नगराएको एक विद्यार्थीले बताए।

मर्यादपुर माविका प्र.अ. यादवले दिवा खाजामा समेत अनियमितता गरेको भन्दै अख्तियारमा मुद्दा चलिरहेको स्रोतले जनाएका छन।

तत्कालीन श्री आधारभूत विद्यालयको भवन तथा शैचालय निर्माण र छात्रवृत्ति वितरण गर्नका लागि हाल ३३ लाख रकम खातामा रहे पनि हाल्ल सम्म यो विद्यालयको जग्गा निजि व्यक्तिको नामा नामसारी रहेकाले उक्त निर्माणकार्यहरु नभएको प्र.अ. यादवको भनाइ छ।

तत्कालीन आधारभूत विद्यालय विगत वर्ष माविमा स्तर उन्नति भए पनि शिक्षकको चरम अभावमामा सो विद्यालय संचालन हुदै आएको छ।
भवनको अभावमा वडा नं १ अन्तर्गत पर्ने तत्कालीन आधारभूत विद्यालय माविमा स्तर उन्नति हुँदा हाल दुई ठाउँमा पठनपाठन संचालन भइरहेको प्र.अ. रामश्रेष्ठ यादवले बताउनु भयो ।
सो विद्यालयमा बालविकास शिक्षक २, राहत शिक्षक ४, स्थायी शिक्षक ४, नगर शिक्षक ३ र कार्यालय सहयोगी २ गरि जम्मा १५ जना सो विद्यालयमा कार्यरत छन्।
दुई ठाउँमा विद्यालय संचालन हुदा पठनपाठनमा केही कठिनाई आएको प्र.अ. यादवले बताए ।

मर्यादपुर माविका लागि १ विघा जग्गामा नँया भवन निर्माण भए पनि गुणस्तरहीन निर्माणकार्य भएको भन्दै हाल रोक्का गरिएको छ।

मर्यादपुर माविमा दरबन्दी अनुसार कर्मचारी र भौतिक संरचनाको समेत अभाव देखिन्छ। यसको उपशाखाका रुपमा रहेको विद्यालयका लागि पनि पर्याप्त पूर्वाधार र शैक्षिक गुणस्तर नहुँदा नाजुक बन्दै गएको हो । यसका लागि वडाले समेत कुनै चासो देखाएका छैनन् ।

विद्यालय भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालय लगायतका सरोकारवाला निकायसँग पटकपटक आग्रह गरेको भए पनि कुनै सुनुवाइ नभएको विद्यालयले जनाएको छ ।

विद्याको मन्दिर जस्तो पबित्र स्थानमा बिद्यार्थीहरूको भविष्यको रेखा कोर्नुको साटो केही मौकापरस्त तथा शिक्षा पेसालाई अप्रत्यक्षरुपमा राजनिती गर्ने र कमाउने औजारको रुपमा प्रयोग गर्ने प्रवृतिको कारण व्यक्ति बिशेषलाई तत्काल फाइदा भए पनि विद्यार्थीहरुको भविष्य निर्माणमा दिर्घकाल सम्म नकारात्मक प्रभाव पर्ने र यस्तो कदमहरु भविष्यका कर्णधारहरुको हितमा एक प्रतिशत पनि नरहेको कूरा आफैमा स्पष्ट छ ।

रौतहट जिल्लामा अधिकांश सामूदायिक विद्यलयहरुको अवस्था अत्यन्त दयनिय रहेको छ । शिक्षा क्षेत्रमा सुधारको जिम्मा लिएका व्यक्तिहरु नै व्यवसायिक पेसा प्रति गम्भिर नभई पछाडीबाट राजनितिमा सकृय रहनु पिडादायी बिषय हो तर यहा सामुदायिक विद्यालयको अवस्था बारे जिम्मा लिने निकाय नै मौन छ भन्ने सो कुरा कसलाई भन्ने ?

रौतहट जिल्लामा विद्यालय व्यवस्थापनको लागि चयन गरिने समितिका लागि पनि चरम राजनीतिक भइ निर्वाचन हुने गरेको सबैको सामु छर्लङ्गै छ।

श्री मावि मर्यादपुर विद्यालयको शैक्षीक तथा भौतिक अवस्था सुधार गर्न तथा वालवालिकाहरुको भबिष्य निर्माण गर्ने ठाउको समग्र बिकासको लागि भाषण र कागजमा मात्र हैन कार्यक्षेत्रमा पनि कार्यहरु हुन जरुरी छ ।

यस तर्फ सम्बन्धित नगरपालिका लगायत जिम्मेवार निकायहरुको समयमै ध्यानाकर्षण होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here