वृन्दावनमा नेपाली कांग्रेसलाई हराउन निमित प्रमुख नागेन्द्र यादवले मचाएको लुट नै काफी

२०७९/१/१७ गते
गाैर।जापानबाट प्रशिक्षित भई आउनु भएका ई. ईन्जिनियर नागेन्द्र यादवले वृन्दावन नगरपालिकामा गरेकाे अत्याचारका कारणले नेपाली कांग्रेसको उमेदवार रामसिनेही यादव विरुद जनता खुलेर प्रतिक्रिया दिन थालेका छन । साे नगरपालिकाका निमित्त प्रमुख यादवले गराएको बागमती नदिको अवैध रुपमा बालुवा गिट्टी र ढुंगाको दोहन तथा अप्त्यारिलाे करोना खर्चले सब भन्दा बढि नगर प्रमुख रामसिनेहि यादवलाई लज्जित बनाएको छ । वृन्दावन नगरपालिकाका निमित प्रमुख प्रशासकीयअधिकृत नागेन्द्र यादव र लेखापाल सिताराम पालले विभिन्न पेशा व्यवसाय गर्ने तथा सर्वसाधारण जनतालाई दिएको धोकाको क्षेति मेयर उमेदवार रामसिनेहि यादवले नै व्यहोर्नुपर्ने देखिन्छ।दुबै जनाले वृन्दावनमा मच्चाएको लुट ईतिहासमा वर्णन गर्न पनि रचनाकारलाई काफि समय लाग्ने देखिन्छ । वृन्दावनकाे स्थलगत पछि वर्तमानको अवस्थालाई बुझ्दाको निष्कर्ष बारे निमित्त प्रमुख प्रशासकिय अधिकृत संग बुझ्न खोज्दा स्विच अफ थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here