नेपाली काँग्रेस देवाही गोनाहीको घोषणापत्र सार्वजनिक ।


बिमलेश कुमार झा
१९ वैशाख २०७९
रौतहट।नेपाली काँग्रेस देवाही गोनाही ९ ले स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । 

नेपाली काङ्ग्रेस पार्टीका तर्फबाट देवाही गोनाही नपा वडा नं ९ का वडा अध्यक्ष पदका उमेदवार बच्चु साहले सोमबार पत्रकारसँग कुराकानी गर्दै घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणपत्रमा व्यावसायिकता र आधुनिकतासहितको कृषि क्षेत्र, पर्यटन प्रवर्धन, भौतिक पूर्वाधार, सामाजिक सुरक्षा, घरदैलोमा स्वास्थ्य सेवा, शिक्षामा सबैको सहज पहुँच, योजनासहित सबैमा रोजगार, सुरक्षित पिउने पानीको व्यवस्था, सडक सञ्जाल, ढल निकास, सिँचाइ, बिजुलीको उज्यालोमा हाम्रो नगर वडा,प्रविधिको विस्तार, सांस्कृतिक विविधतामा वडावासीको एकता, खेलकुदको विकासमा हाम्रो प्रतिवद्धता, पालिकाहरु सँगको सम्बन्ध विस्तार, नगर प्रशासनमा सुशासन र पारदर्शिता, फ्री वाइफाइ जोन र सोलर बतिको सुनिश्चितता, आर्यघाट निर्माण, स्रोत पहिचान तथा परिचालन लगायतको विषयलाई समेटेर ३ पेजको घोषणापत्रमार्फत साहले समुन्नत देवाही गोनाही ९ को प्रष्ट मार्ग चित्र प्रस्तुत गरेको बताउनु भयो।
पूर्ण जानकारी तस्बिर मार्फत लिनुस् र मसिनो ढंगले अध्यन गर्नुस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here