साउदीमा ९ जना नेपाली अलपत्र, एजेन्ट सहनी माथि उजुरी दर्ता


बिमलेश कुमार झा
२३ वैशाख २०७९ रौतहट। एजेन्ट राजेन्द्र सहनीका माध्यमले विदेशिएका ९ जना नेपालीहरु अलपत्र परेका छन्।
जसपा पार्टीका तर्फबाट गढिमाई नगरपालिका वडा नं ९ का वडा अध्यक्ष पदका उमेदवार समेत बनेका एजेन्ट राजेन्द्र सहनी माथि आप्रवासी कामदार हकहित संरक्षण केन्द्र राैतहट र माण्डवी गाैरद्वारा संचालित आप्रवासी श्राेत केन्द्र गाैरकाे पहलमा जिल्ला प्रशासन कार्यालय राैतहटमा उजुरीकाे केश दर्ता गराएका छन् ।

गत वर्ष सहनीले टोकियो मेनपावरद्वार विदेश पठाएका ९ जना युवाहरु अलपत्र परेकाले पीडित परिवारका सदस्यहरु निज माथि उजुरी दर्ता गराएका छन्। एजेन्ट सहनीलाई जिल्ला प्रहरीमा झिकाइ अलपत्रमा परेका युवाहरूलाई उद्धार गराउन निज माथि उजुरी दर्ता गराएको अजय सहनीले बताए।

गत वर्ष असोजमा ४ र कार्तिकमा ५ गरि जम्मा ९ जना युवाहरु साउदी अरबमा गएको थियो । ती युवाहरु मध्ये १ जना जेल र ८ जना कार्य विहीन भइ अलपत्रमा परेको अजय सहनीले बताए।
एजेन्ट सहनीले १ लाख ६० हजार रुपैया लिइ साउदी अरबको पल्टी फार्म कम्पनीमा पठाएका युवाहरु सो कम्पनीमा केही दिन काम गरे पनि करिब ८ महिनामै ६ भन्दा बढि कम्पनीमा बिना प्रमाणको काम गर्न लगाइएको पीडित परिवारहरुले बताउँछन् ।

रौतहटको गरुडा नपा २ गेडागुठी बस्ने बिजय सहनि, गढिमाई ९ चिलमिलिया बस्ने सरोज सहनि, गोपाल सहनी, गढिमाई ८ बरियारपुर बस्ने सुरेन्द्र सहनी, हरि सहनि, नथुनि सहनि,बालकिशोर सहनी, गुजरा नपा ९ भवानिपुर बस्ने अकलेश सहनी, कटहरिया ३ बिरति बस्ने छठु पंडित रहेको छ।
जसमध्ये सरोज सहनी जेलमा रहेको र ८ जना युवाहरु कार्य विहीन बनेका पीडित परिवारले बताए ।

सो घटना बारे एजेन्ट सहनी सँग बुझदा १० तारिखको सरोज सहनी जेलबाट बाहिर आउने र बाकी ८ जनालाई आफू चाहेका कम्पनीमा काममा लगाउने बताएका छन्। यदि खटाएको कम्पनीमा काम नगरे स्वदेश फर्काउने एजेन्ट सहनीले बताए तर यो सबै कुरा झुठो रहेको पीडित परिवारहरुले दाबी गरे। धेरै दिन देखि यस्तै किसिमले समय टार्ने काम गरिरहेका पीडित परिवारहरुले आरोप लगाएका छन्।

विदेशिएका ५६ जना नेपालीहरु अलपत्रमा परेको छ जसमध्ये ९ जना सहनी मार्फत पठाइएको आप्रवासी कामदार हकहित संरक्षण केन्द्र राैतहटले जनाएको छ। आफ्नो कलिला सन्तान तथा सुन्दर घर-परिवारलाई त्याग गरि नयाँ सपना बोकेर विदेशिएका युवाहरू अहिले अलपत्रमा पर्दा घरपरिवारको दैनिकी जीवन धान्न साह्रै दु:ख परिरहेको पीडित परिवारहरुले बतउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here