अध्यक्ष नेपालको गृह नगरमा नेकपा एसको हैट्रिक



०२ जेठ,रौतहट। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको गृह नगर गौरमा नेकपा एसले हैट्रिक जित हासिल गरेका छन्।

वैशाख ३० गते सकिएको स्थानीय तह निर्वाचनको मत परिणाम आउन थाले पछि नेकपा एसले गौर नगरपालिकामा लगातार ३ वटा वडामा जित हात पारेका छन्।
गौर नगरपालिकाको वडा नं १,२ र ३ मा नेकपा एसले जित हासिल गर्न सफल भएका छन्।
रौतहटको गौर नगरपालिका वडा नं १ मा लालबाबु चौधरी, वडा नं २ मा बिनोद जैसवाल र ३ मा अंसारुल अन्सारीले विजयी भएका छन् भन्ने नेकपा एसबाट गौर र राजदेवि नगरपालिका मेयर पदका उमेदवार शम्भु साह र भिखारि यादवले फराकिलो मतान्तरले अग्रता लिएका छन्।
त्यस्तै राजदेवि १ मा नेकपा एसबाट नरेश यादव, २ मा नेपाली काङ्ग्रेसबाट सनुप महतोले विजयी भएका छन्।
मौलापुर नगरपालिका वडा नं ४ मा नेकपा एमालेबाट बिरबहादुर साहले विजयी भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here