वडा अध्यक्ष यादवद्वारा विद्यालय अनुगमन, य,र,ल,व लेख्न नआए पछि..

बिमलेश कुमार झा

२५ जेठ २०७९, रौतहट। रौतहटको बौधिमाई नगरपालिका वडा नं ४ का वडा अध्यक्ष तुरन्त नरायण यादवले आज बुधबार स्थानीय विद्यालयकाे छड्के अनुगमन गरेका छन् ।

वडा अध्यक्ष यादवले बुधबार बौधिमाई नपा ४ अन्तर्गत पर्ने श्री माध्यमिक विद्यालय ईनारवारीमा अनुगमन गरेका हुन्।

वडा अध्यक्ष यादवले एक जना विद्यार्थीलाई एलेभ्नको स्पेलिङ्ग भन्नलाई अनुरोध गरे। कक्षा ६ मा पढ्ने उक्त विद्यार्थीले बोल्न सकेनन्।

अर्को कक्षामा बसेका एक बहिनीलाई अङ्ग्रेजीमा य,र,ल,व लेखनलाई भने। कक्षा ५ मा पढ्ने उक्त विद्यार्थीले लेख्न सकेनन्।
उक्त विद्यार्थीहरुको अवस्थाबाट असन्तुष्टि जनाउँदै वडा अध्यक्ष यादवले यस्तो अवस्थाको जिम्मेवार शिक्षक तथा अभिभावक रहेको गुनासो गर्नुभयो ।
वडा अध्यक्ष यादवले सुमदायीक बिद्यालयहरुको गुणस्तरीयतामा सुधारसंगै विद्यालयहरुको व्यवस्थापनलाई उत्कृष्ट बनाउने कार्यलाई तिब्रता दिने बताएका छन्
वडा अध्यक्ष यादवले विद्यालयका कक्षा कोठाहरुमा आफै पुगेर बिद्यार्थीहरुलाई राम्रो सङ्ग पढनुका साथै अगाडि बढेर देशको कर्णाधार बन्न अनुरोध गर्नुभयो ।

अनुगमनकाे कार्य निरन्तर चल्ने र वडा अन्तर्गत विद्यालय र स्वास्थ्य चाैकीहरुकाे पनि अनुगमन गरिने वडा अध्यक्ष यादवले जानकारी गराउनु भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here