मौलापुर मालपोतले जग्गा वर्गिकरण गर्न गरे पत्राचार

गौर । रौतहटको मालपोत कार्यालय मौलापुरले जग्गा वर्गिकरण गरी जानकारी दिन मातहतका नगरपालिकालाई अनुरोध गरेका छन। कार्यालय प्रमुख बबूनन्दन साहका अनुसार निर्देशिका बमोजिम जग्गा बर्गिकरण भएको खण्डमा जनताको काममा सहज हूने थियो। साविक १८ वटा गाविस कार्य छेत्र रहेको हालका ६ वटै नगरपालिकालाई पत्राचार गरेको कार्यालय प्रमुख साहले जानकारी दिनु भयो ।मालपोत मौलापूरको कार्य क्षेत्र अन्तर्गत मौलापूर नपाको सबै , देवाही गोनाही नपाको वडा नम्बर 9 बाहेक सबै वडा,वौधिमाई नगरपालिकाको सबै वडा ,परोहा नगरपालिकाको तेजापाकड , फतुवा विजयपुर नगरपालिकाको सितलपुर वैरगनिया र टेग्राहा ,र कटहरिया नगरपालिकाको विर्ति प्रष्टोका र कटहरिया पर्दछन। नेपाल सरकार मन्त्री परिषद को 2079/02/27 को बैठकले गरेको निर्णय बमोजिम भुमिलाई कृषि र गैर कृषि छेत्र छेत्र छुट्याई मात्र किताकाट गर्ने भनिएकोछ ।जग्गा बर्गिकरण न हून जेल सम्म भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले निर्देशिका बमोजिम भुमिलाई बर्गिकरण न गरे सम्म किताकाट गर्न निषेध गरेका छन । भुमिलाई वर्गिकरण गर्ने अधिकार नेपाल सरकारले स्थानीय तहलाई दिएको हो। स्थानीय तहलाई आफ्ना वडाको कून भू भागलाई कुन रूपमा विकास गर्ने दिर्घकालिन योजनालाई अनूकुल हूने गरि भूमिको बर्गिकरण गर्नू पर्ने पत्रकार संजय कूमार मिश्रको धारणा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here