प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन पेश गर्न निर्देशन

संवत् २०८० साल माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगको निर्णयानुसार
मिति २०८०।१०।८ गते राती १२ बजे पछि मतदान केन्द्र बन्द नहुन्जेल सम्म राजनीतिक दलका
पदाधिकारी, दलको भातृ संगठन वा अन्य व्यक्ति तथा संघ संगठनले पालना गर्नुपर्ने विशेष आचरण जारी
गरेको छ । जस अनुसार उक्त अविधमा राष्ट्रिय सभा सदस्य निर्वाचनसँग सम्वन्धित प्रचारप्रसार, छलफल,
अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने व्यवस्था भएकोमा सो विपरीत हुनेगरी
मोरङ जिल्लाको विराटनगरमा केही राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका गतिविधि गरेको भन्ने
जानकारी विभिन्न माध्यमबाट आयोगमा प्राप्त हुन आएको छ । यस सम्वन्धमा निर्वाचन आचारसंहिता,
२०७९ को दफा १७ र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) विपरीतको
कार्य भएको हो वा होइन ? सत्यतथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेश गर्न प्रमुख जिल्ला
अधिकारी, जिल्ला प्रशासन कार्यालय, मोरङलाई आयोगबाट निर्देशन दिइएको छ ।
साथै, यस निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गर्न प्रचलित कानून
र आयोगबाट जारी गरिएको निर्वाचन आचार संहिता पालना गर्न गराउन सम्वन्धित सबैमा निर्वाचन
आयोग अपिल गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here