गजेन्द्र नारायण सिहले मधेसवादका लागि गरेको याेगदान बारे राैतहटमा चर्चा

माघ १२ गते

राैतहट ।गजेन्द्र स्मृति दिवसको अवसर पारेर गजेन्द्र स्मृति अस्पताल परिसर रौतहटमा स्व.गजेन्द्र नारायण सिंहले मधेशवादका लागि गर्नु भएको योगदानको चर्चा गरिएको छ ।

गजेन्द्र नारायण सिंह स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष पुर्व मन्त्री अनिल कुमार झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गजेन्द्रवादी नेता अनिल कुमार सिंह, लिला प्रसाद साह, विष्णु नारायण चौधरी, अवधलाल यादव, शिक्षक नेता जयानन्द ठाकुर, विश्वम्भर  यादव, वडाध्यक्ष द्वय शेख वहाव( गरुडा नपा१) एवं हरिशंकर पाण्डेय (गाैर नपा ७) वडा सदस्य  मीना कुमारी, शेख साबिर, शेख हासीम, विद्यार्थी सलमान खान र रोहित साह लगायत का वक्ताहरुले गजेन्द्र बाबु प्रति शब्द श्रद्धांजली व्यक्त गर्दै  गजेन्द्र बाबुले  उठाएका  मुद्वालाई  सम्बोधन गराउन संघर्षरत रहने  प्रतिज्ञा  दोहराएका छन ।

 सो स्मृति सभामा स्वर्गीय नेता सिंह  सहित देश, मधेश, प्रदेश, समानता, अधिकार प्राप्ति र आत्मसम्मानका  लागि ज्यान न्यौछावर गर्ने ज्ञात अज्ञात शहीद प्रति  श्रद्धांजली अर्पित   गरिएको थियो ।

ReplyForwardAdd reaction

https://meet.google.com/call?authuser=0&hl=en&mc=IAEoAjABogEKGgIQAEoECAEQAbIBBxgDIAAqATDYAQE&origin=https%3A%2F%2Fmail.google.com&iilm=1706108039101

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here