वृन्दावनमा ८ गते शुरु रामनाम जाप यज्ञ सम्पन्न


राैतहट । मित्र राष्ट्र भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा भएको अवसरमा मिती २०८० माघ ८ गतेका दिनदेखि वृन्दावनमा शुरु रामनाम जाप यज्ञ सम्पन्न भएको छ । वृन्दावन नगरपालिका वडा नं.८ बहुअरीको पश्चिमबारी मठ(बम्भोभोली दास बाबा) को मठमा सम्पन्न भएको हो । सो २४ घण्टे अखण्ड राम धुन (गमाला अष्टयाम)को चौथो दिन आज चौठारी र बिधिवत रुपले पुर्णाहुत गरि हर्षोहुल्लास र धुमधामका साथ सम्पन्न गरिएको छ।

श्रधालु भक्तजन संग चन्दा उठाएर सार्वजनिक रुपले सम्पन्न भएको स‍ो अष्ठयामको आज हिसाब किताब पनि पारदर्शी रुपले चित बझ्दो भएको ले यो यज्ञमा चन्दा दिनुभएका सम्पूर्ण भक्तजन धेरै खुशी र हर्षित भएका छन्।

साथै यो भन्दा पहिला पनि यो गाउँमा धेरै पटक सार्वजनिक यज्ञहरु भयो तर यज्ञ पश्चात यसरी सार्वजनिक रुपले चित बुझ्दो हिसाब किताब कसैले पनि न दिएको स्थानीय भक्तजन हरुको बुझाई छ।राजेश निरमानीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here