रंगपुर साझेदारी वन व्यवस्थापन समुहको अध्यक्षमा अशोककुमार यादव सर्वसम्मत

गरुडा । रंगपुर साझेदारी वन व्यवस्थापन समुहको अध्यक्षमा अशोककुमार यादव सर्वसम्मत चयन भएका छन् । रौतहटको गरुडा नगरपालिका–५ झाँझपुलस्थित माध्यमिक विद्यालयको प्रांगणमा शनिवार भएको रंगपुर साझेदारी वन व्यवस्थापन समुहको साधारणसभाले यादवलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

समूहको अध्यक्षमा यादव दोस्रो पटक निर्वाचित भएका हुन् । साधारणसभाले अध्यक्ष बाहेकको पदमा सर्वसम्मत गर्न छलफल गरीरहेको र आइतवारसम्म बाकी पदाधिकारी चयन गर्ने डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।साधारणसभामा एउटा मात्र यादवको मनोनयन दर्ता भएकोले निर्वाचन समितिले यादवलाई निर्विरोध घोषणा गरेको हो । साधारणसभाको उद्घाटन सत्रमा पूर्वप्रदेश राज्यमन्त्री नागेन्द्र यादवले साझेदारी बनले जनताको जीवनस्तर र वातावरण सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए ।

समूहको नयाँ नेतृत्वले बनबाट सर्वसाधारणलाई हुने सुविधामा अझ राम्ररी सहजीकरण गर्ने तथा बन जोगाउन र वातावरणमा योगदान दिन विशिष्ट भूमिका खेल्ने बताएका छन् । साधारणसभामा वक्ताहरुले वातावरण जोगाउनको लागि बन आवश्यक भएको बताउँदै मधेशको भूमिलाई मरुभूमिकरणबाट बचाउन पनि सबैले बन जोगाउन तथा रुख रोप्न सिक्नुपर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here