नेपाल कलवार कल्याण महासंघको ९ औं साधारण सभा राैतहटको गरुडामा

माघ २१ गते
रौतहट । नेपाल कलवार कल्याण महासघको केन्द्रिय ९ औ बार्षिक साधारण गरुडामा सम्पन भएको छ । राैतहटको गरुडा बजार स्थित कलवार धर्मशालामा सभाका प्रमुख अतिथि एवं मधेस प्रदेश सभा सदस्य नागेन्द्र प्रसाद साहले बिभिन्न जिल्लाबाट आएका बिशिष्ठ व्यक्तिहरुसंग हाम्रो कलवार समाजको लागी छलफल तथा एक अर्का संग रिस राग एक आपसमा पोख्ने माैका प्राप्त भएको बताए । हाम्रो कलवार समाज देशको अरु कुनै जातिय समाज भन्दा कमजोर नभएको प्रदेश सभा सदस्य साहले दाबी गर्दै हामी संग सबै थोक हुदा हुँदै पनि अरुको पछाडी र अरुको चापलुसी गरिरहेकोमा दुख व्यक्त गरेका थिए।

कलवार कल्याण महासंघका केन्द्रीय अध्यक्ष ईन्जिनियर रामचन्द्र प्रसाद साहकाे अध्यक्षतामा भएको सभामा गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जयसवाल ,पुर्व सांसद अशाेक जयसवाल, वारा गढी गाउंपलिका अध्यक्ष अशाेक कुमार जयसवाल , वरहथवा नगर पालिकाका उपप्रमुख राम बाबू साह ,बाैधीमाई नगरपालिकाका नगर उपप्रमुख प्रमिला देवी जयसवाल .गरुडा नगरपालिकाको पुर्व नगर उपप्रमुख रंगिला देवी जैसवाल, गरुडा नगरपालिकाको वार्ड नं.५ महम्मदपुरको वडाअध्यक्ष रामबिनोद जैसवाल, समाजसेवी राजदेव प्रसाद चाैधरी, नेकपा माओवादी नेता विपिन जयसवाल , अधिवक्ता जगदेव चाैधरी कलवार कल्याण समितका जिल्ला सचिव रामबाबु साह सहितका व्क्ताले हाम्रो जातिका मानिसहरुले आफ्नै जातिको मानिसहरुको खुटा तान्ने काम गर्ने गरेकाे बोलेका थिए । त्यस कारणले हाम्रो जातिमाथिको अरु जातिको हामिमाथि हावि रहेको पाईएको छ । त्यस कारण आजदेखि नै हामिसबै जना एक भई काधमा काध राखेर अगाडी बढन आग्रह समेत गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि साहले समाजका लागि योगदान पुर्याउने विशिष्ट व्यक्तिलाई कदर पत्र र सम्मान पत्र प्रदान गरि सम्मान गरिएका थिए ।
सो साधारण सभामा ४१ भन्दा बढि समितिका अध्यक्ष लगायत तीन सय प्रतिनिधि र प्रवेक्षक गरि ५०० जना सहभागिता रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here