रौतहटका एक सय पन्द्रह जना युवा जनमतमा प्रवेश

राैतहट । जनमत पार्टी निकट युवा जनमत संघ ,रौतहट समिति द्वारा आयोजित युवा भेटघाट एवं पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ शनिवार सम्पन भएको छ।
जनमत युवा संघकोे राष्ट्रिय संयोजक संजय यादवले रौतहटका ११५ जना युवाहरु टीका माला लगाई पार्टी प्रवेश गरेका हुन् । विजय यादव, राम पुकार पण्डित, हरे कृष्णा साह, शशी कुमार यादव, शिव जि दास, रामा शंकर साह, राम उदय साह, पुजा जैसवाल, रामा शंकर रजक शिवशरण राउतकोे नेतृत्वमा ११५ जना युवा नेताहरू जनमत पार्टी प्रवेश गरेका हुन्।
युवा नेताहरु ले अब विकल्प जनमत पार्टी नै भएको भन्दै जनमत पार्टी रोजेका छन।


संयोजक यादव मन्तव्य राख्दै अब देश र देश भरीको पार्टीहरु लाई नेतृत्व र दिशा दिनको लागि पार्टी अध्यक्ष डा सिके राउत ले नौलो गणतन्त्र कोे लागि अगाडि पाइला चाली सकेको भन्दै अब सम्म नभएको परिवर्तन जनमत पार्टी कोे नेतृत्व मा हुन् गइरहेको बताए। साथै मधेश प्रदेश सरकारले भ्रष्टाचारीहरु को सिन्डिकेट बनाई संस्थागत रूपमा भ्रष्टाचार लाई बढावा दिएको र संरक्षण गरेकाे आरोप लगाए। प्रदेश सरकार पनि काण्ड काण्ड ले भरेको प्रदेश सरकार हाे । साइकल चोरी, भैंसी चोरी र ट्रयाक्टर चोरी गर्ने कुख्यती हरु यिनै हुन जसको कारण संघियता धराप मा रहेको आरोप लगाए।
युवा जनमत संघका केन्द्रिय संयोजक संजय यादवको प्रमुख आतिथ्य तथा युवा जनमत संघ रौतहट कोे संयोजक बिपिन यादव को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा पार्टी का विभिन्न तह तप्का काे नेताहरू र युवा जनमत संघ का प्रदेशका युवा नेता रीकी सिंह र बारा संयोजक विकास सिंह लगायत विभिन्न युवा नेता हरू को उपस्थिती थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here