मोहम्मद अफताब आलम लाई पक्राउ गर्नु दुखद-नेपाली काग्रेस

रौतहट २६ असोज । बिना कारण आफना नेता पक्राउ गरेको भन्दै नेपाली काग्रेस रौतहट आक्रोशित भएको छ । नेपाली काग्रेस रौतहटका सभापति कृष्ण यादबले आज पत्रकार सम्मेलन गर्दै अदालतमा बिचाराधिन मुध्दा लाई उल्टाउदै पुर्बमंन्त्रि मोहम्मद अफताब आलम लाई पक्राउ गर्नु दुखद कुरा रहेको बताउनु भयो । शान्ती देखि क्रान्ति सम्म जानेको नेपाली काग्रेसले रौतहट बाट आन्दोलन शुरु गरेर जहानिया राणा शासन ढालेको ईतिहासको स्मरण गराउदै पार्टी सभापति कृष्ण यादबले पक्राउ आफना नेता लाई नीशर्त नछाडे कडा आन्दोलन गर्ने चेताबनी दिनु भएको छ । नेपाली कांग्रेस बाट रौतहट क्षेत्रनम्बर २ बाट बिजयी प्रतिनिधि सभा सदस्य एबम पुर्व मन्त्री मोहम्मद आफताब आलमलाई प्रहरीले पहिलो संबिधान सभाको अघिल्लो दिन ०६४ चैत्र २७ गते तत्कालिन राजपुर फरहदवा गाबिस–४ स्थित आफनै गोठमा बम बनाउने क्रममा बिस्फोट हुदा तीन जना भन्दा बढिको मृत्यु भएको जाहेरीको आधारमा १२ बर्ष पछि रौतहट प्रहरीले पक्राउ गरेको हो । दुई पटक रौतहट पार्टी सभापति हुदै नेपाली काग्रेसका केन्द्रिय सदस्य रहेका उनी काका शेष ईद्रिसको मृत्यु पछि राज्य सतामा रहेका मोहम्म्द अफताब आलम नेपाली काग्रेस बाट ०५४ सालको प्रतिनिधि सभा उपनिर्बाचन, ०५६ को प्रतिनिधि सभाको आबधिक निर्बाचन, ०६४ सालको संबिधान सभा सदस्य, ०७४ सालको प्रतिनिधि सभा सदस्यमा निर्बाचित भएका थिए । गौर जादै गर्दा उनलाई प्रहरीले राजपुर गेट नजिक बाट पक्राउ गरेको जनाइएको छ । प्रहरी उपरिक्षक भुपेन्द्र खत्रीले अनुसन्धानको लागि प्रतिनिधि सभा सदस्य मोहम्मद अफताब आलम लाई नियन्त्रणमा लिएको बताउनु भयो । यस्तै आफना नेता लाई पक्राउ गरेपछि गौर बजार अशान्त भएको छ । गौरमा समय समयमा झडप भैरहेको छ । बीरेन्द राजमार्गको बिभिन्न स्थानमा तनाब भएको छ । अफताब आलम शमर्थक कार्यकर्ता बाट नाराजुलुस र प्रर्दशन भैरहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here