हुलाकी सडकको सडक सीमा ५० मिटर पुर्याउनुको विकल्प छैन—-प्रभु साह

गौर। नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष तथा सांसद प्रभु साहले हुलाकी सडकको सडकसीमा ५० मिटर पुर्याउनुपर्ने बताएका छन् ।

दशै, दिपावली तथा छठ पर्वको अवसरमा शुक्रबार रौतहटको गरुडा नगरपालिका(५, महमदपुरमा नेकपा नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष साहले तराईको समृद्धिको मुख्य आधार रहेको निर्माणाधीन हुलाकी सडकको हालको सडकसीमाले कुनै फरक नपर्ने जीकिर गर्दै ५० मिटर पुर्याउनुको विकल्प नभएको बताए ।

उनले भने, ूसडक पूर्वाधार बिना मुलुकको समृद्धिको कल्पना पनि गर्न सकिदैन । वास्तवमा भन्ने हो बिकास र सडक एकअर्काका परिपुरक हुन । तपाईंहरुलाई हेर्न सक्नुहुन्छ तराईको तल्लो भुभागलाई पूर्वबाट पश्चिमसम्म जोड्ने हुलाकी सडक निर्माण भइरहेको छ । यो सडक तराई मधेशको समृद्धिको आधार हो । तर निर्माण हुँदै गरेको हुलाकी सडकको सडकसीमा १२ मिटर मात्र रहेको छ । १२ मिटर सडक सिमा भएको सांघुरो सडकबाट हामीले मधेशको समृद्धिको परिकल्पना गर्न सक्दैनौं । ू

सडकसीमा परिवर्तनबारे ध्यानाकर्षण गराउदै अध्यक्ष साहले थपे, ूतराई क्षेत्रको वासिन्दाको यातायात, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन, व्यापार तथा बजारीकरण लगायतका महत्वपुर्ण क्षेत्रहरुको समग्र विकाससँग जोडिएको हुलाकी सडकको सीमा ५० मिटर पुर्याउनुपर्छ । एकातिर उद्योग, व्यापार र व्यवसाय विस्तार गरि समृद्धि ल्याउने सपना देख्ने र अर्कोतिर मुख्य सडक फराकिलो नबनाउने जुन काम भएको छ यो मधेशलाई एक हिसाबले धोका दिइएको हो । त्यसैले सडकसीमा ५० मिटर पुर्याउने तथा वर्षाको क्व्क समेत निर्माण गर्नुपर्छ ।ू

प्रदेशसभा सदस्य कुन्दन कुशवाहाले प्रदेश नम्बर २ सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाए । नेकपा प्रदेश सदस्यसमेत रहेका कुशवाहाले प्रदेश सरकारको कुनै पनि काम पारदर्शी नभएको र बजेटको दोहन मात्र भएको भन्दै त्यसविरुद्ध खडा सबैमा आग्रह गरे । कार्यक्रममा विकास निर्माणलगायतको विषयमा सांसद साह र स्थानीयबीच अन्तरक्रिया भएको थियो । त्यस्तै समाजवादी पार्टीका दर्जनौं नेताहरू नेकपामा प्रवेश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here