ग्रामिण विकास केन्द्र नेपाल रौतहटद्धारा संचालित कार्यक्रम प्रभावकारी तथा फलदायी

संजय मिश्र
गौर । ,ग्रामिण विकास केन्द्र नेपाल रौतहटद्धारा संचालित कार्यक्रम प्रभावकारी तथा फलदायी रहेको सरोकारवालाहरुले बताएका छन ।
ग्रामिण विकास केन्द्र नेपाल रौतहटद्धारा संचालित सम्पूर्ण परियोजना अन्तर्गत रौतहट जिल्लाका लागि पालिका स्तरिय परियोजना सल्लाहकार समितिको बैठक गौरमा सरोकारवालाहरुले संस्थाको कामकाजको प्रशंसा गर्दै खुशी समेत व्यक्त गरेका छन ।


कार्यक्रममा ग्रामिण विकास केन्द्रका अध्यक्ष पारस हुसैनले संस्थाले विभिन्न दातृनिकायको सहयोगमा विगत लामो समयदेखि विपद व्यवस्थापन ,सुशासन प्रबद्र्धन ,शिक्षा ,स्वास्थ्य ,खानेपानी तथा सरसफाई ,जिविकोपार्जन ,महिला हिंसा न्यूनिकरण ,लैङ्गिक विभेद ,बालबालिका बेचविखन तथा बालश्रम न्यूनिकरण लगायतका क्षेत्रमा कार्य गर्दै आइरहेको प्रष्ट पार्नुभयो ।
संस्थाका कार्यृकारी निर्देशक आलोक कुमार सिंहले सन २००२मा स्थापना भएको ग्रामिण विकास केन्द्र नेपाल रौतहटले प्रत्येक व्यक्तिले सम्मान अधिकार तथा आत्मसम्मानका साथ जिवनयापन गर्नुपर्ने उद्येश्यका साथ अहिलेसम्म विभिन्न दातृ निकायको सहयोगमा संस्थाले ६५वटा परियोजना कुशलतापूर्वक सम्पन्न गरेको तथा १०वटा परियोजना संचालनमा रहेकोे प्रष्ट पार्नुभयो ।उहाले संस्थाले गृह जिल्ला रौतहट लगायत बारा ,पर्सा ,पाल्पा ,सर्लाही काठमाण्डौ लगायतका ठाउमा कार्य गरिरहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा संस्थाद्धारा संचालित परियोजनाहरुको कार्यक्रम संयोजकहरुले संचालित कार्यक्महरुको वर्तमान गतिविधि तथा अआफनो परियोजनाको कार्य प्रगति प्रस्तुत गर्नुभएको थियो ।
जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामएकवाल राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका उपप्रमुख रामवशिष्ठ राय यादव ,यमुनामाई गाउपालिकाका अध्यक्ष श्रीप्रसाद मुखिया ,गौर नपाका उपप्रमुख किरण ठाकुर ,गरुडा नपाका उपप्रमुख रंगिला देवी जयसवाल लगायतका वक्ताहरुले संस्थाको कामकाज प्रति खुशी व्यक्त गर्दै परिणाममुखी तथा फलदायी रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रहरीका प्रहरी उपरीक्षक रविराज खडका ,सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजित ,स्थानिय निकायका जनप्रतिनिधि ,संस्थाका पदाधिकारी लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

च्छ हुने उल्लेख गरिएकाले यस अवधिमा पनि सात्विक भोजनका साथ बिहान स्नान गरी श्रीस्वस्थानीको पूजापाठ गर्नाले इच्छाएको फल मिल्ने उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here