प्रदेस नं. २ को पहिलो सुरक्षित खानेपानीयुक्त समुदाय, दुरवीनडाँडा

सिराहा,
प्रदेस नं. २ को पहिलो सुरक्षित खानेपानीयुक्त समुदाय, दुरवीनडाँडा
खुलादिसामुक्त घोषणापछि अब फेरी प्रदेश नं। २ मा सुरक्षित खानेपानीयुक्त समुदाय र नमूना सरसफाइ वस्तीहरु घोषणा गर्ने अभियान आरम्भ भएको छ । आज माघ १६ गते शुक्रवारको दिन माननीय भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनालज्यूले सिराहा जिल्ला धनगढीमाई नगरपालिका वडा नं। १३ को ४२ घरको दुरवीनडाँडा समुदायलाई करिव ३०० सहभागीहरुको उपस्थितिमा तामाको गाग्रीको पानी करुवामा सारेर गिलासबाट पिएर सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्नुभयो । साथै प्रदेशको पहिलो सुरक्षित खानेपानीयुक्त समुदायको संकेत स्वरुप एउटा प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनालले पूर्ण सरसफाइ अभियानलाई अगाडि बढाउन १३६ वटै पालिकाहरुमा वास प्लान बनाउने कार्यमा मन्त्रालय सहकार्य खगर्न तयार रहेको बताउनुभयो । घोषणा कार्यक्रमको प्रमुख अतिथि समेत रहेका मन्त्री सोनालले खुला दिसामुक्त पछाडि पूर्ण सरसफाइमा जानका लागि खानेपानीको गुणस्तर सुनिश्चित गर्नुपर्ने आवश्यक रहेको र त्यसमा युनिसेफले खानेपानी गुणस्तरयुक्त समुदाय बनाउने अभियानको थालनी गरेकोमा धन्यबाद व्यक्त गर्नुभयो ।
वहाँले चुरे विनास भईरहेको प्रति चिन्ता व्यक्त गर्दै खानेपानी तथा विपदको हिसाबले चुरे संरक्षण अति आवश्यक रहेको बताउनुभयो । चुरेको विनास भएमा मानव जीवनमै ठूलो संकट पर्ने भएकाले यसको संरक्षणका लागि सरकारी एवं जनसमुदाय नै जाग्नुपर्ने बताउनुभयो । सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा कार्यक्रममा मन्त्री सोनालले धनगढीमाई नगरपालिकाको पाँच बर्षे वास प्लानको पनि विमोचन गर्नुभयो ।
यस्तै कार्यक्रमको विशेष अतिथि समेत रहेका बन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डलले प्रदेश २ का हरेक व्यक्तिले जन्म पानसमा दीप समेत प्रज्वलन गरिएको थियो । घोषणा सभामा वन तथा वातावरण राज्यमन्त्री।सुरेश कुमार मण्डल, धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरी, उपप्रमुख फूलकुमारी श्रेष्ठ तथा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव राम आधार शाह र धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई लगायतको उपस्थिति रहेको थियो भने दिनको अवसरमा एक व्यक्ति बराबर एक रुख मात्र रोप्ने हो भने बर्षेणी ६० लाख विरुवा रोपिने बताउनुभयो । उहाँले जनसंख्याको आधारमा तराईका बासिन्दाका लागि स्वच्छ सास फेर्न ४५ प्रतिशत भूमि जंगलले ढाकिएको हुनुपर्ने भएपनि हाल २५ प्रतिशत क्षेत्रमा मात्र जंगल रहेको बताउनुभयो ।
सोही अवसरमा दुरबीनडाँडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका लागि युनिसेफले पानी परिक्षण गर्ने किट हस्तान्तरण गरिएको छ । समितिले सोही किटको माध्यमबाट खानेपानीको गुणस्तर जाँच गरी सुरक्षित खानेपानी मात्र वितरण गर्नेछ । यो खानेपानी तथा सरसफाइ आयोजनाले मुहानको पानीलाई बिध्युतिय लिफ्टिङको सहायताले २० हजार लिटरको पानी ट्याधङकि मार्फत ४२ धरधुरीलाई खानेपानी वितरण भईरहेको छ जसबाट २३१ जनसङ्ख्या लाभान्वित भएका छन् । यो योजना युनिसेफ नेपाल, वेलायत सरकार, धनगढीमाई नगरपालिका र समुदायको साझेदारीमा २०७५ साल चैत्रमा सम्पन्न भएको हो भने आज सुरक्षित खानेपानीयुक्त क्षेत्र घोषणा गरिएको हो । योजनाको लागत करिव पचास लाख लागेको थियो । यो योजनालाई करिव ३ महिनाको अभियान पछि सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको । खानेपानी सुरक्षा योजना कार्यान्वयन, खानेपानी गुणस्तर मापन तथा तीनको प्रभावकारिताको मापन, सुरक्षित पानी र सरसफाइ सम्बन्धी अभियान, समुदायको क्षमता विकास, समितिद्धारा सुरक्षित खानेपानीयुक्त समुदाय स्वघोषणा, तेस्रो पक्षीय अनुगमन र संघीय खानेपानी तथा ढल ब्यबस्थापन परियोजनाको खानेपानी जाँच ल्यबाबाट खानेपानीको गुणस्तर जाँच गर्ने प्रक्रियाहरु गरिएको थियो ।

प्रदेश २ को सबै पालिकामा वास प्लान बनाईनेछ स् मन्त्री सोनालकार्यक्रमका अतिथिहरुलाई परम्परागत ब्याचको सठ्ठामा पीपलको पातको ब्याच बनाइ वितरण गरिएको कार्य पनि अनुकरणीय रहेको थियो ।
सुरक्षित खानेपानी योजना भनेको के हो?
गाउँ पालिका वा नगरपालिकाका त्यस्ता समुदाय वा बस्तीहरुलाई जहाँका वासिन्दाहरूले आफ्नै घरआँगनमा जडिएका धारामार्फत् ९पानी संकलन गर्न ३० मिनेट भन्दा कम समय लाग्ने सामुदायिक धारा समेत०, जुनसुकै बेला स्वच्छ र सुरक्षित ९विशेष गरी स्वास्थलाई प्रत्यक्ष असर गर्ने हानीकारक तत्व जस्तै इ–कोली र आर्सेनिकका नेपाल सरकारले तोकेका सघनन् मापदण्ड भित्र भएका० खानेपानीको सुविधा उपभोग गरिरहेका समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय मान्न सकिन्छ । ९स्रोतः सुरक्षित खानेपानीयुक्त समुदाय निर्देशिका० पाइप प्रणाली नभएको अवस्थामा भने संरक्षित पानीका स्रोत ९इनार, कुवा, ट्युबवेल आदि० बाट प्राप्त पानीलाई घरायसी प्रविधिबाट शुद्धीकरण गरी पानी उपभोग गर्ने गरेका वासिन्दा भएका बस्तीलाई पनि सुरक्षित खानेपानीयुक्त समुदाय मान्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here