जिल्ला प्रहरी कार्यालय राैतहटको पत्रकार सम्मेलन सम्पन्न ।


बिमलेश कुमार झा
रौतहट ८ साउन
जिल्ला प्रहरी कार्यालय राैतहटको पत्रकार सम्मेलन सम्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यालय राैतहटले आज पत्रकार सम्मेलन सम्मेलन मार्फत आर्थिक वर्षको प्रतिबेदन प्रस्तुत गरेको छ।

आर्थिक वर्ष २०७७/८८ मा भएकाे घटना र अपराध बारे प्रहरीले गरेकाे प्रगतिकाे जानकारी दिन कार्यालयले साे सम्मेलन गरेकाे थियाे । जिल्ला समन्वय समितिकाे सभाहलमा प्रहरी कार्यालय राैतहटले आयाेजना गरेकाे पत्रकार सम्मेलन सम्पन्न भएकाे छ ।

प्रहरी प्रमुख उपरिक्षक सिद्वि विक्रम शाहले राैतहटमा भएकाे अपराध र घटनाहरुकाे बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अपराध नियन्त्रण गर्न नेपाल प्रहरीले थुप्रै क्रियाकलाप तथा कार्यक्रम सञ्चालन गरि रहेकाे प्रहरी उपरिक्षक सिद्वि विक्रम शाहले बताउनुभयो।

यस कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, शस्त्र प्रहरी प्रमुख सुर्य सेन ओली लगायत सञ्चारकर्मी र राैतहटका अधिकांश पत्रकारहरुकाे उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here