राैतहटको नयाँ प्रमुख जिल्ला अधिकारी शाही हाजिर

गाैर । जिल्ला प्रशासन कार्यालय राैतहटका नयाँ प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले साेमबारबाट कार्यभार सम्भाल्नु भएको छ ।जिल्लामा सुशासन कायम गराउने तथा नागरिकको जिउ धनकाे कसरी सुरक्षा प्रदान गराउने आफ्नो प्रमुख एजेन्डाको रुपमा राखेर काम गर्ने जानकारी दिनु भयो ।यसमा सहयोग गर्न सवै पक्षसंग उहांले अनुराेध समेत गर्नु भएको छ। जिल्ला प्रशासन कार्यालय भित्र नागरिता वितरण लगाएत रहेका समस्याकाे चाडै समाधान खोज्ने प्रतिवद्वता व्यक्त गर्नु भयो । पत्रकारसंग नजिक रहेर काम गर्ने ईच्छा जाहेर गर्नु भएका प्रजिअ शाहीले समय मिलाएर जिल्लाका संचारक्षेत्रसंग सम्वन्धित व्यक्तिसंग अन्तरक्रिया समेत गर्ने वताउनु भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here