विदेशीने युवाहरुको लागि सुवर्ण अवसर

बिमलेश कुमार झा
रौतहट। २४ फागुन २०७८
माणडवि नेपालको कार्यक्रम संयोजक अरविन्द चौधरीले विदेशीने युवाहरूको लागि सुवर्ण अवसर रहेको बताएका छन्।

युके एड सीप परियाेजना र लक्ष्मि बैंक बिच वैदेशिक राेजगारमा रहेकाे र जान लागेकाे व्यक्तिहरुलाई सहुलियत व्याज दरमा ऋण दिने व्यवस्था बारे जानकारि गराएका छन्। ।

डेढ लाख देखि ४ लाख सम्म ऋण दिने व्यवस्था छ। डेढ लाख वैदेशिक राेजगारमा जानेलाई, २ लाख घर व्यवहार संचालन खर्चकाे लािग र ४ लाख महिला उधमशिलताकाे लागि व्यवस्था रहेको चौधरीले बताएका छन्। सामी परियाेजनाले महिलाहरुकाे लागि २ र पुरुषकाे लागि ९ वटा गरि ११ वटा सीप निशुल्क दिने व्यवस्था गरेको छ ।

रौतहटको मध्य भाग गरुडामा अवस्थित आशिर्वाद गेष्ट हाउसमा माणडवी नेपालद्वारा आयोजित सुरक्षित आप्रवासन (सामी) परियोजना पत्रकारहरुसँगको अन्तरक्रिया तथा अभिमुखी कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भयो।

चौधरीले कार्यक्रमको अन्तयमा पत्रकारसँगको संक्षिप्त कुराकानी गर्दै बिना सीप विदेशीने युवाहरु अपरिचित राष्ट्रमा दैनिकी दु:ख भोगिरहेका बताएका छन। त्यसैकारण सामी परियोजनाले मधेस प्रदेशको राजधानी जनकपुरमा ३० देखि ४५ दिन सम्म गास र बासको व्यवस्था सहित विभिन्न ११ वटा सीप बारे नि:शुलक तालिम दिइरहेकोले स्वदेश मै रोजगारी गरौ या वैदेशिक रोजगारीमा जाने नै भए सहि सुचना लिएर र सीप सिकेर मात्र जानलाई आग्रह गरेका हुन्।

विदेशिएका युवाहरुको घरको अवस्था कस्तो छ? विदेशीनु भन्दा पहिले घरको अवस्था कस्तो थियो र अहिलेको अवस्था कस्तो छ?, निजको परिवारहरुको जीवन स्तर कस्तो छ भन्ने बारे पनि यहाँका स्थानीय पत्र पत्रिका तथा अन्लाईन प्रोटलहरुमा समाचार लेख्न उपस्थित सम्पूर्ण पत्रकारहरुसँग हिमालयन टाइम्सका रौतहट प्रतिनिधि एवम् वरिष्ठ पत्रकार प्रभात झाले आग्रह गर्नु भयो ।
झा अनुसार विदेशमा ५० हजार कमाउनु भन्दा स्वदेशमा ४० हजार कमाउनु बेस रहेको बताए ।
उक्त कार्यक्रममा MRC काउन्सलर देवेन्द्र यादव,आप्रवासी कामदार हकहित संरक्षण केन्द्र रौतहटको संयोजक हरिनारायण साह, नेपाल पत्रकार महासंघ रौतहट शाखाको क्रियाशील सदस्य कृष्णा तिवारी, पत्रकार राकेश यादव, रौशन चौधरी,राजेश्वर पाण्डे, चञ्चल झा, अन्मोल कार्की, सुब्बा कार्की,अशोक पहाडी, राजेस निर्माणि, प्रदिप दास लगायत विभिन्न मिडियामा आवद्ध क्रियाशील पत्रकारहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here