होलिका दहन सँगै भ्रष्टाचारीलाई पनि अन्त्य गर्न शम्भु साहको अपिल

बिमलेश कुमार झा
रौतहट। ०२ चैत २०७८

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी मधेस प्रदेश कार्य समितिको सदस्य एवम् गौर नगरपालिकाको मेयर प्रत्यासी शम्भु साहले होलिका दहन सँगै भ्रष्टाचारी जनप्रतिनिधिहरुको पनि अन्त्य गर्न जनता समक्ष अपिल गरेका छन्।

होलीको एक दिन पहिले होलिका दहन गर्ने परम्परा प्राचीन काल देखि नै चलि आएको छ।
पौराणिक मान्यता अनुसार होलिका हिरण्यकश्यप राक्षसको बहिनी तथा विष्णु भक्त प्रह्लादका फुपू हुन् । होलिकाले ब्रह्माबाट आगोले जलाउन नसक्ने वरदान प्राप्त गरेको र वरदानको फाइदा उठाउदै उनले जलाएर मार्नको लागि बिष्णु भक्त प्रह्लादलाई अंगालोमा लिएर आगोमा बसेकी थिइन् र यस क्रममा वरदानको दुरुपयोगका कारण र भगवान विष्णुको कृपाले गर्दा प्रह्लादलाई केही नभएको तर होलिकाको चाहिँ जलेर मृत्यु भएको बिश्वास रहिआएको छ र सोही दिनको स्मरणमा होलिका दहन गर्ने विधान रहेको छ ।

साहले सो कुरालाई स्मरण गराउदै असत्य माथि सत्यको विजयी भए जस्तै आउदो स्थानीय तहको निर्वाचनमा भ्रष्टाचारीलाई अन्त्य गरि सत्यको जित गराउन उपस्थित जनताहरुसँग आग्रह गरेका थिए।

रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका दाल मिलमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी गौर नगर कमिटीद्वारा आयोजित सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उक्त कुराहरु उल्लेख गरेका छन्।

सपथ ग्रहण कार्यक्रममा गौर नगर कमिटीमा निर्वाचित २०१ जनालााई नेता साहले सपथ ग्रहण गराएका थिए।
नेता साहले २३ जनाको सचिवालय कमिटी गठन गर्दै नगर कमिटीको अध्यक्ष मनोज सिंह, उपाध्यक्ष उधव भट्टराई
मुनिन्द्र ठाकुर,हरेन्द्र कुशवाहा, सचिव शम्भु पटेल,सह-सचिव मौजेलाल साह लगायत २०१ जनालाई समेत सपथ ग्रहण गराएका थिए।
यस्तै रौतहट जिल्लाको सानको रुपमा रहेको राइस मिलको जग्गा सम्बन्धमा साहले विशेष प्राथमिकताका साथ विभिन्न तथ्यहरु बारे सबैलाई जानकारी गराएका थिए।

साहले गौर नगरपालिकाको मेयर अजय गुप्ताले राइस मिल जग्गाको नाममा ३२ लाख दस्तुर लिइ चुनाव लडेको दाबि गर्दै यदि यो कुरा झुठो हो भन्ने सो कुराको खुलासा गर्ने महेन्द्रनगर निवासी विजय यादव माथि किन कार्यवाही गरेन? भनि प्रश्न गर्दै मौन रहनुको मतलब वास्तवमा ३२ लाख घुस लिइ चुनाव लडेको प्रष्ट भएको साहले दाबी गरेका छन्।

नेता साहले विगतको चुनावमा मेयर पदका लागि नेपाली काङ्ग्रेसबाट चुनाव लडेका स्व.गौरीशंकर यादव, तत्कालीन राजपाबाट निर्वाचित अजय गुप्ता र शम्भु साहको पनि चुनावी एजेन्डा राइस मिल जग्गा संरक्षण रहेको बताउँदै वर्तमानमा राइस मिल जग्गा विवादास्पद किन बनेको मेयर गुप्तासँग प्रश्न गरेका छन

नेता साहले यदि वास्तवमा राइस मिल जग्गा संरक्षण गर्न चाहेको हो भन्ने ५० लाख मेरो तर्फबाट, ५०/५० लाख अरु नेता तथा डेढ करोड नगरपालिकाबाट बजेट विनियोजन गरि राईसमिलको जग्गा संरक्षण गर्न मेयर गुप्तालाई सुझाव दिएका छन्।

मेयर गुप्ताले ५ वर्षको कार्यकालमा एउटा पनि ठोस काम नगरेको नेता साहले गुनासो गरेका छन्।

जिल्ला कार्य समितिको उपाध्यक्ष प्रदिप यादव, इन्दु झा, मधेस प्रदेश अध्यक्ष अर्जुन सिंह, पार्टीका नेता तथा कार्यकर्ताहरु,विभिन्न मिडियामा आबद्ध पत्रकार, बुद्धिजीवी लगायतका उपस्थिति बिच सो कार्यक्रम सम्पन्न भएको थियो।

नेता साहले कार्यक्रम समापन पश्चात् होलि मिलन कार्यक्रमको आयोजना गरि उपस्थित सम्पूर्ण नेता कार्यकर्ताहरुलाई अबिर सट्टा-साट्ट गरि शुभकामना आदानप्रदान गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here