गाैर नगरपालिका पुर्ण खाोप घोषणा


१७ चैत। गैार ।राैतहटको गाैर नगरपालिका एक समारोह बिच बुधबार पुर्ण खाोप घोषणा भएको छ। जिल्ला समन्वय समितिका प्रमुख रामएकवाल यादवले पुर्ण खोप घाोषणाको अवसरमा गराईएको प्रतिव्दता पत्रमा हस्ताक्षर गरि घोषणा गर्नु भयो ।
गाैर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताको अध्यक्षतामा भएको घाेषणा सभामा नगर उपप्रमुख किरण कुमारी ठाकुर ,प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही , नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा , नेपाल रेडक्रस साेसाईटीका अध्यक्ष संजिव कुमार मलिल्क , राैतहट उधोग वाणिज्य संघका अध्यक्ष पंडित प्रसाद जयसबाल , गाेर अस्पताल प्रमुख कृष्णा साह सहितका वक्ताले गाैर नगरपालिका पुर्ण खोप घोषणा भएकोमा बधाई तथा यसलाई निरन्तरता दिन सुझाव दिनु भयो। पुर्ण खोप घोषणा गर्ने अभियानमा सहयाेग गर्ने व्यक्तिका साथै संस्थालाई सम्मान गरियो । सो समारोहमा गाैर नगर भरी रहेका स्वास्थ्य संस्थाका कर्मचारी ,महिला स्वास्थ्य स्वयंसेविका र वडा अध्यक्षका सहभागीता रहेको गाैर नगरपालिका स्वास्थ्य शाखा सहायक प्रमुख दिनबन्धु यादवले जानकारी दिनु भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here