पाँच वर्षे कार्यकालमा वडा भित्र भएको विकास कार्य वडाध्यक्ष यादवले गरे सार्वजनिक।


बिमलेश कुमार झा
२५ चैत २०७८
रौतहट। कटहरिया नगरपालिका वडा नं.६ मा नेपाली काङ्ग्रेस पार्टीबाट बिगत चुनावमा निर्वाचित वडा अध्यक्ष उमेश यादवले विगत पाँच वर्षको कार्यकालमा वडा भित्र गरेको विकास कार्यलाई वडाबासी समक्ष सार्वजनिक गरेका छन्।

रौतहटको कटहरीया नगरपालिका वडा नं ३ का वडाध्यक्ष यादवले वडा भित्र हिन्दु तथा मुस्लिम सम्प्रदायको हितका लागि र सार्वजनिक हितका लागि गरेको विकास कार्यलाई जनता समक्ष सार्वजनिक गरेका हुन।

हिन्दु समुदायका लागि हनुमान मन्दिर, रामजानकी मन्दिर, धर्मशाला, भण्डारा घर पलास्टर, मुस्लिम समुदायको लागि इदगाह, पूर्व सांसद जितेन्द्र यादवको कोषबाट आएको रकमले मस्जिदको कम्पाउण्ड वाल लगायतका विकास कार्य सम्पन्न भएको यादवले बताएका छन्।

जसमध्ये रामजानकी मन्दिर निर्माणका लागि आएको २५ लाख रकम नगर प्रमुख सियाराम कुशवाहाले हाल सम्म भुक्तानी नगरेको वडा अध्यक्ष यादवले गुनासो रहेको छ।

वडाध्यक्ष यादवले गाउँ भरि आर सिसी सडक ढ्लान, नाला निर्माण,जम्दारहा सडकमा करिब ६०० मि. माटो,ग्रेभल, डमार देखि डुमरियाको फ्याक्ट्री सम्म माटो,ग्रेबल बाबा डिक्सनरी देखि राजबिरको फूलबारी सम्मको बाटोमा ग्रेभल लगायतका कार्य यहीँ पाँच वर्षको कार्यकालमा सम्पन्न भएको बताए ।

विगतको निर्वाचनको समयमा जनतालाई गरेको प्रतिबद्धता पुरा गरेको अध्यक्ष यादवले दाबी गरेका छन्।

वडा अध्यक्ष यादवले कटहरीया नगरपालिकामा बिपक्षी दलका नगर प्रमुख निर्वाचित हुदा विकास कार्यमा धेरै चुनौती खेप्नुपरेको र आफुहरुलाई राजनीतिक पुर्वाग्रहको कारण भेदभाव गरिएकोअवस्था बारे समेत जानकारी गराएका छन्।

वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा विगतको काम कार्वाहीको मूल्यांकन गरि यहाँका जनताहरुले पुनः आफ्नो अमूल्य मत दिई भारी बहुमतले विजयी गराउने वडा अध्यक्ष यादवले आशा व्यक्त गरे। आफु जनताको चाहना अनुसार कार्य गर्दै आएको र निकट भविष्यमा पनि निरन्तर सक्रिय रुपमा जनताको सेवामा सदैव लागि रहने र मलाई जनताले दिएको अभिभारा र पद जनताको सेवा गर्ने अवसरको रूपमा रहेको लिएको र चुनौती पूर्ण अवस्थामा पनि जन चाहना अनुसारको कार्यहरु गर्न सफल भएकोमा खुसी समेत व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here