मौलापुरका एक जनप्रतिनिधि आत्मनिर्भरताको पाठ सिकाउदै


बिमलेश कुमार झा
६ वैशाख २०७९
रौतहट। रौतहट जिल्ला मौलापुर नगरपालिकाका एक जनप्रतिनिधिले पशुपालन गरि आत्मनिर्भर बन्दै गएको देखिन्छ।
मौलापुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष चिरचिरीया निवासी श्रीभगवान पटेल पेसाले जनप्रतिनिधि हुन् तर उनले जनताको सेवा गर्नका साथै व्यवसायी तर्फ पनि रुचि राख्दै आएकाछन्।

वि.स. २०७१ साल देखि ५ वटा गाईबाट सुरु गरेको व्यवसायी आजको ४५ वटा गाई र भैंसीमा विस्तार भएको उनले बताए । पटेलले गाई भैंसी पालनका साथै १० वटा बाख्रा पनि पालिरहेको बताए। उनले १० कठ्ठा जग्गामा उन्नत जातको घाँस पनि लगाएको जानकारी दिए ।

रोजगारको सिलसिलामा तीन वर्षसम्म मलेसिया बसेर फर्किएका पटेल रु ७ लाखको लगानीमा भैसिपालन व्यवसाय सुरू गरेका थिए।
स्वदेश फर्किएका पटेल नेपालको चितवन जिल्ला घुम फिर गर्न गएका थिए। त्याहाका व्यवसायीहरुले पशुपालनबाट गुणस्तरीय जीवन बिताइरहेको देख्दा यस् व्यवसायी तर्फ आकर्षण बढेको उनको भनाइ छ।

पटेल अनुसार विदेशमा १२ घण्टा परिश्रम गरि घरपरिवारबाट टाढा बस्नु भन्दा आफ्नै गाउँघरमा कुनै व्यवसायी गरि आत्मनिर्भर बन्नु सर्वोत्कृष्ट हो।
वि.स. २०७१ सालमा ‘महालक्ष्मी गाई फार्म’ दर्ता गरि पशुपालन गर्दै आएका पटेल २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए भन्ने हाल नेकपा एमाले पार्टीमा आबद्ध छन्।
पटेल वडा अध्यक्षमा निर्वाचित भए पनि ५ देखि १० बजे सम्म आफ्नो व्यवसायी तर्फ र १० बजे देखि अबेर रातिसम्म जनताकै काममा व्यस्त रहेको उनले बताए ।

राजनीतिकमा आए देखि व्यवसायी भन्दा जनताको सेवामा समय बढी बिताइरहेको उनको भनाइ छ।
आफ्नो कामको बेला पनि जनताको कुनै काम पर्दा जनताका कार्यलाई पहिलो प्रथमिकता दिदै आएको पटेलको भनाइ छ।

२०७१ साल देखि सुरु गरेको पशुपालन २०७२ सालमा करिब १ वर्ष सम्मको मधेस आन्दोलन र २ वर्षको कोभीड महामारीमा अपुर्णीय क्षेती बेहोर्नु परेको पटेलको आमाको भनाइ छ।
“वडा अध्यक्ष पटेलको आमाको भनाइ” पर्याप्तरुपमा दुध उत्पादन हुने भए पनि आन्दोलनमा दुध बिक्री गर्न अन्तै पुर्याउनका लागि समस्या परिरहेकोले उनी आफ्नै गाउँ घरमा सस्तो मुल्यमा दुध बिक्री गर्न बाध्य थिए र महामारीको त कुरै छोडौं।

दुध बिक्री नहुँदा उनी भैसीपालन व्यवसायलाई कसरी अगाडि बढाउने भन्नेमा सधैँ अलमल र निरास हुन्थे ।

पलेटले पशुपालनलाई व्यवसायी र राजनीतिकलाई सेवाको रुपमा बुझदै आएको बताए।
सबै गाई भैंसी गरि एक दिनमा २०० लि. दूध चिस्यानमा जम्मा गरि प्रति लिटर ६३ का दरले हप्तामा एकपटक हेटौंडा पुर्याउने गरेको वडा अध्यक्ष पटेलले बताउँछन् ।
प्रति लिटर ६३ को दरले दैनिकी २०० लि. को १२ हजार ६ सय आम्दानी हुने गरेको छ। यति आमदानी भए पनि दैनिकी ५ हजार व्यवस्थापन खर्च समेत हुने गरेको पटेलले बताए।

रौतहटको क्षेत्र नं ३ बाट निर्वाचित पूर्व सांसद एवम् पूर्व मन्त्री प्रभु साहले हरेक कृषकलाई आत्मनिर्भर बन्नुपर्नेमा सधैं जोड दिदै आएको उनले बताए ।
२०७१ साल देखि हालसम्म दुई चरण गरि जम्मा ५ लाख अनुदान प्राप्त गरेको र फेरि अनुदान पाउने प्रति आशावादी रहेको पटेलले बताए।
व्यवसायबाट खेतीपाती गर्न, छोराछोरी पढाउन, शारीरिक मजबुती लगायतका गतिविधि गर्न सहज भएको उनको भनाइ छ।
यो व्यवसायीलाई विस्तार गरि २ सय सम्म गाई भैंसी पालन गर्ने हाम्रो लक्ष्य रहेको पटेलले बताउछन् । यदि यस्तै किसिमले मौलापुर नगर क्षेत्र भित्र यस्ता पशुपालनमा आत्मनिर्भरता बढै गए यस् नगरको नाम हुनुको साथै आर्थिक विकास हुने समेत बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here