राजपुर नगरपालिकालाई नमुना नगरपालिका बनाउन तपाईं सबैको सकारात्मक सहयोग चाहिन्छ: डा. राजिक आलम


बिमलेश कुमार झा
१० जेठ,रौतहट। नेपाली काङ्ग्रेसबाट राजपुर नगरपालिकाको नवनिर्वाचित मेयर डा.राजिक आलमले राजपुर नगरपालिकालाई नमुना नगरपालिका बनाउन पक्ष विपक्ष सबैको सकारात्मक सहयोगको आवश्यकता रहेको बताएका छन्।
विकासको परिभाषा बताउदै मेयर आलमले `विकास भनेको शिक्षा, स्वास्थ्य,कृषि,सडक पूर्वाधार, पर्यावरण लगायतका क्षेत्रमा सकारात्मक र गुणस्तरीय युक्त हुनुपर्छ नकि देखावटी´।

आलमले सोमबार कार्यभार सम्हाल्दै नगरपालिका भित्रका गर्भवती महिलाहरुको नि:शुल्क गर्भ जाँच गर्ने पहिलो निर्णय गरेका थिए। 

नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रमको अध्यक्षता गर्दै आलमले स्वास्थ्य सेवामा सबै नगरबासीहरुको समान र सहज पहुँच अभिबृद्धि गर्ने अभिप्रायले स्वास्थ्य सेवामा जनताको व्यक्तिगत खर्च घटाउने, सबै भौगोलिक क्षेत्र, वर्ग, समुदायमा आधारभूत स्वास्थ्य सेवाको सहज पहुँच बिस्तार गर्दै मातृ मृत्युदर घटाउने उद्देश्यले नि:शुल्क गर्भ जाँचको व्यवस्था गर्न तुरन्त अल्ट्रासाउण्ड मेसिन खरिद गरि दक्ष स्वास्थ्यकर्मीलाई समयमा तालिम दिई सेवा संचालन गर्ने र बजारमा रहेको स्वास्थ्य चौकीलाई २५ सैया अस्पतालमा स्तर उन्नति गर्ने समेत आलमले प्रतिबद्धता गरेका छन् । 

राजिक आलम चिकित्सक पनि हुन् । उनी सांसद मो. अफताब आलमका कान्छा छोरा हुन् । आलमकै विरासत रहेको राजपुरमा राजिकले ‘लोकप्रिय’ मत पाएर जितेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here