सीड्नीमा हिन्दुहरुको श्रीमद भागवत ज्ञान महायज्ञ सम्पन्न

हिन्दू समाज अस्ट्रेलियाको आयोजनामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ भब्य रुपमा सम्पन्न भएको छ।

लाखौ श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेको महायज्ञ सिड्नीको रिजेन्न्ट्स पार्कमा सम्पन्न भएको हो। ज्ञान महायज्ञको जगत् गुरु १००८ महायोगी वैष्णव डा.कृष्णदासजी महाराजले पानसमा दिप प्रज्वलन गरेर विधिवत सुरुआत गरेका थिए।

कृष्णदासजीले अस्ट्रेलियाका हिन्दूहरुले आध्यात्मिक ज्ञानको खोजीबाट मानव जीवनमा सुख प्राप्त गर्न सक्ने र यहाँंकोे आधुनिक व्यस्त जीवनलाई आध्यात्मिक ज्ञानले सुखी बनाउन सक्ने बताए। महायज्ञमा साई पण्डित कुवेर सुवेदीले भागवत वाचन गरेका थिए। हिन्दु समाज अस्ट्रेलियाले हिन्दु मन्दिर स्थापना गर्ने उद्देश्यलेआयोजना गरेको यो पहिलो बृहत धार्मिक अनुष्ठान हो। एक हप्ता चलेको यो धार्मिक अनुष्ठानमा नेपाली समुदायको बाक्लो उपस्थिति थियो।

जन्म भूमिभन्दा टाढा बसोबास गरे पनि नेपाली समुदाय आफ्नो संस्कार र संस्कृतिबाट टाढा हुन सक्दैन भन्ने सन्देश दिन समाजले श्रीमद् भागवत सप्ताह आयोजना गरेको कार्यक्रमका संयोजक पण्डित प्रकाश ढोडारीले बताए। ओमकार ध्वनीका मुकुन्द शर्माको आकर्षक प्रस्तुती र पण्डीत कुवेर सुबेदीको भागवत बाचन र स्थानीय पण्डित प्रकाश ढोडारीको संयोजनले भागवत सप्ताहको रौनक बढेको थियो।

जगत् गुरु कृष्णदासजीबाट सिद्ध योग गरिनुका साथै अन्तिम दिन सामूहिक ब्रतबन्ध र गुन्युचोली लगायतका धार्मिक अनुष्ठान समेत सम्पन्न गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here