‘बाढीपीडितलाई सरकारले चिउरासमेत दिएन’

नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सनाले रौतहटका बाढी पीडितलाई सरकारले चिउरासमेत नदिएको आरोप लगाएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद तिमल्सिनाले राहतका नाममा पीडितले सरकारबाट केही प्राप्त गर्न नसकेको आरोप लगाएका हुन् ।

‘यसवर्षको बाढी र कटानवाट सबैभन्दा बढी रौतहट जिल्ला प्रभावित हुन पुग्यो तर सरकारले बाढीपीडितलाई चिउरासमेत दिएको छैन,’ सांसद तिमल्सिनाले भने, ‘त्यसमाथि विषालु सर्पको विगबिगी हँुदा त्यसको टोकाईबाट धेरैजना पीडित भएका छन्, तत्कालै औषधिको व्यवस्था गरिदिन आग्रह गर्दछु ।’ उनका अनुसार रौतहटका चाँदी, बकैयाँ र बाग्मतीले हजारौं हेक्टर जमिनमा क्षति पु¥याएकाले दीर्घकालिन सोचअनुसार तटबन्धन गर्न जरुरी देखिएको छ ।

गत २६ दिनदेखि गतिरोध उत्पन्न हुदैँ आएको संसद सुचारु भएपछि प्रतिनिधिसभामा सांसदहरूले बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here