कांग्रेस महामन्त्री शशाङ्क कोइरालाले पार्टीमा सबैका लागि मान्य हुने गरी नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन्।
तनहुँमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले आफुले सभापती देउबाको बिरोध गर्न नभै पार्टिको बास्तबिक आवाश्यकताले नेतृत्व परिवर्तनको कुरा उठाएको बताएका हुन ।
आगामी महाधिबेशनबाट सबैलाई मान्य हुने अनि गुट र उपगुट हटाउने नेतृत्व कांग्रेसलाई चाहिएकोमा जोड दिदै गुट र उपगुटमा नबाडिए कांग्रेसलाई कसैले हराउन नसक्ने पनि कोइरालाले ठोकुवा गरे।कोइरालाले अहिले कांग्रेसलाई कांग्रेसले नै हराउने काम गरेको बताए।
भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले अब कांग्रेसले गुटबन्दी थेग्न नसक्ने र गुट र उपगुट समाप्त पार्ने नेतृत्व चाहिनेमा जोड दिए ।
योग्य र क्षमतावानलाई नेतृत्वमा पुर्याउन पार्टिका सबै कार्यकर्ताहरुले बिबेक पुर्याउन पनि पार्टी महामन्त्री कोइरालाले आग्रह गरे । भेटघाटलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले भने ‘पार्टिमा आदर्श र बिचार मर्दै र गुटबन्दी मौलाउदै गयो अब आगामी महाधिबेशनबाट यसको अन्त्य गर्नुपर्छ’
अब बिगतका कमी कमजोरिहरु बिर्सेर कोइरालाले आगामी महाधिवेशनपछि पार्टी भित्रका सबै किसिमका गुटउपगुट अन्त्य गरी पहिलो पार्टी बनाउने अभियानमा लाग्न पनि सबैलाई आग्रह गरे ।