काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य सामान्य रहेको बताउनु भएको छ । आज ट्वीट गर्दै स्वास्थ्य परीक्षणमा संलग्न सबै चिकित्सकप्रति आभारका साथ आफ्नो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिनु भएको छ ।
प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गरी सिंगापुरबाट आजै स्वदेश फर्कुनु भएको छ । उहाँ स्वदेश फर्किएका बखत यो पटक उहाँले पत्रकार सम्मेलन र नेपाली सेनाको सलामी इन्कार गर्नुभयो ।
उहाँले आफु नितान्त नीजि भ्रमणमा रहेकाले यो सबै इन्कार गरेको प्रतिक्रिया दिनुभयो । सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएर आज मात्रै ओली नेपाल आउँनु भएको हो ।
उहाँ स्वास्थ्य परीक्षण गर्न यही साउन १८ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । उहाँले एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्योपचार गर्नुभएको हो ।