प्रियंकाले एउटै पोस्टबाट कमाउँछिन् १ करोड ८६ लाख

बलिउडका सेलिब्रेटीहरु सामाजिक सञ्जालमा धेरै सक्रिय हुने गर्छन् । सामाजिक सञ्जालको यही सक्रियता उनीहरुको आकर्षक कमाईको अर्को पाटो हो भन्ने कुरा चाहिँ धेरै कमलाई मात्र थाहा हुनसक्छ ।

त्यसमध्येकी एक हुन्, प्रियंका चोपडा । बलिउडदेखि हलिउडसम्म छलाङ मारेकी प्रियंका सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी इन्स्टाग्राम पोस्टबाट मात्रै करोडौं कमाउँछिन् ।

इन्स्टाग्रामको सेड्युलिङ टुलले उनको कमाईको पुष्टि गरेको छ । इन्स्टाग्राम पोस्टबाट आकर्षक कमाई गर्नेमा उनी बलिउडकी एक्ली स्टार हुन् । कमाईका आधारमा उनी १९ औंस्थानमा छिन् ।

सेलिब्रेटी सबसेक्सनमा भने उनी १६ औं स्थानमा छिन् । इन्स्टाग्राममा प्रियंका चोपडाका ४ करोड ३० लाख फलोअर्स छन् । उनले इन्स्टाग्राममा एक पोस्ट गरेबापत एक करोड ८६ लाख पाउने गरेकी छन् । प्रियंकासँगै ब्रान्ड छन्, जसको उनले सामाजिक सञ्जालमार्फत प्रमोशन गर्छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here