रौतहट। रौतहटको गढीमाइ नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष जुबैर अंसारीले ६सय बाढी पिडित परिवारलाइ राहत वितरण गर्नुभएको छ । वडाध्यक्ष अंसारीले हालै आएको बाढी तथा डुबानबाट प्रभावित पिडित परिवारलाइ तत्काल खाद्यान्न तथा स्वच्छता सामाग्री वितरण गरेका हुन ।
उहाले बाढी पिडित ६सय परिवारलाइ चामल २५ किलो ,दाल २किलो तथा नुन एक किलोको दरले वितरण गरिएको वडाध्यक्ष अंसारीले बताउनुभयो ।
गढीमाइ नपाको ७मा बाढीले व्यापक क्षतिसंगै ठूलो जनधनको क्षति भएको साथै बालीनाली तथा तरकारीबालीमा निकनै क्षति भएको समेत उहाूले जानकारी दिनुभयो ।
उहाूले बाढीले वडामा ६६ घर प्रर्ण क्षति ,एकसय आंशिक क्षति तथा एक हजार घर परिवार बाढीले प्रत्यक्ष रुपले प्रभावित भएको जानकारी दिदै वडाध्यक्ष जुबैर अंसारीले किसानहरुको चारसय विग्घामा लगाइएको धान ,उखु ,मकै ,तरकारी बाली क्षति भएको जानकारी दिनुभयो
।उहाूले किसानहरुको खेतमा लगाइएको धान लगायतका बाली नष्ट भएपछि अहिले धानको विउ समेत नपाउनाले खेत बामmै रहने चिन्ताले किसानलाइ चिन्तित तुल्याएको बताउदै वडाअध्यक्ष जुबैर अंसारीले पिडित परिवारलाइ पूर्नवास तथा किसानहरुको बाली नालीको क्षतिपूर्ति राज्यबाट पाउनुपर्ने धारण राख्नु भयो ।