दलित भवन निर्माणसँगै स्थानीय वासिन्दाहरु खुशी

रौतहट ।रौतहटको गरुडा नगरपालिका वडा नं. ४ मा दलित भवन निर्माणसँगै स्थानीय वासिन्दाहरु खुशी भएका छन् ।दलित वस्तीका ६० घर परिवारलाई सामाजिक प्रयोजनका लागि भवनको अभावमा साह्रै समस्या आइरहेकोमा गरुडा नपाले गत आर्थिक वर्षमा दलित भवन निर्माण गरेपछि उनीहरुमा खुशियाली छाएको हो ।

भवनको अभावमा विवाह ,ब्रतबन्ध ,छलफललगायत सामाजिक कार्यक्रमका लागि आफूहरुलाई कठिनाइ हुँदै आएकोमा भवन निर्माणसँगै त्यस्ता समस्याहरुको सामाधान भएको स्थानीय रजपतिया देवीले बताइन् ।उहाँले हालै आएको बाढीमा घर डुबानमा परेपछि सो भवनमा बास बसेकाले निकै फलदायी तथा उपयोगी साबित भएको बताइन् ।भवन निर्माणले दलितहरुलाइ सामजिक प्रयोजनकोलागि उपयोगी भएको गरुडा नपा नगर कार्यसमितिका सदस्य इन्द्रमाला जयसवालले बताउनुभयो ।उहाँले दलित भवन निर्माणका लागि आफूले समेत पहल गरेको बताइन् ।गरुडा नपाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत २५ लाखको लागतमा एकतल्ले तीन कोठे, बराण्डा तथा शौचालयसहितको भवन निर्माण गरिएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here