रौतहट । मुश्लिमहरुको पर्व बकरीदको अवसरमा रौतहटका बिभिन्न क्षेत्र बाट निर्वाचित जनप्रतिनिधी तथा नेता कार्यकर्ताहरु अहिले गाँउ गाँउ चहार्दै हिडेका छन । पर्वको अवसर पारेर आआफना दल तथा क्षेत्रका कार्यकर्ता संग भलाकुसारी मौका पाउने हुँदा जनप्रतिनिधी तथा नेता कार्यकर्ताहरु गाँउ गाँउ घुमेर शुुभकामना दिन ब्यस्त देखिएका छन । नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष एवं संघिय सान्सद प्रभुु साह,संघिय सांसद समिना हुसैन,प्रदेश सांसद कुन्दन कुश्वाहा बकरीद पर्वको पहिलो दिन सोमवार देखी नै क्षेत्र ३ अन्तरगत मुश्लिम बस्तीमा घुम्दै शुभकामना दिन ब्यस्त देखिएका छन । सोमवार फतुुआ बिजयपुर नपाको बडहरवा,कटहरीया नपाको बलिरामपुर स्थित छुुटा छुटै कार्यक्रममा सहभागी भएका थिए ।
सैगरी सांसद प्रभु साह सहीतको टोली आज बिहानै देखी क्षेत्र अन्तरगतका कटहरिया,गुुजरा,नगरपालिकाका बिभिन्न वडामा रहेका मुश्लिम समुदायका मानिसहरु संग भेटघाट गरी बकरीद पर्वको शुभकामना दिएका छन । उक्त अवसरमा नेपालका सबै जातजातीका मानिस बिच हार्दिकता भएमात्र समाज र देशको विकास हुने बताएका छन ।
सांसद साहले मुश्लिम समुदायको हक हधिकारका लागी एकमात्र पाटी नेकपा रहेको दावी गरेका छन । मुश्लिम आयोग देखी मर्दशामा शिक्षक दरबन्दी लगायतका मागहरु नेकपाले नै अघि सारेको उनले बताए । त्यसैगरी सांसद महमद आफताभ आलम,देवप्रसाद तिम्मलसिना, प्रदेश सांसद अबुलकलाम फुलबाबु,लगायत बिभिन्न नगरपालिकाका प्रमुख उपप्रमुखहरु गाँउ गाँउ घुमेर बकरीद पर्वको शुभकामना साटासाट गरीरहेको हाम्रा रौतहट सहकर्मीले जानकारी दिएका छन । कटहरिया एफएम