युवालाई स्वदेश फर्काउन विशेष अभियान आवश्यक : माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विदेश गएका युवा जनशक्तिलाई स्वदेश फर्काउन विशेष अभियान चलाउनु पर्ने बताउनु भएको छ ।

समता फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा पूर्वप्रधानमन्त्री नेपालले स्वदेशका संभावनाको बेवास्ता गर्दै विदेश नै जानुपर्छ भन्ने सोच अन्त्य गर्न अभियान नै चलाउनु पर्ने औंल्याउनु भएको हो । वैदेशिक रोजगारीलाई ब्यवस्थित र सुरक्षित बनाउने नेपाली जाने देशको यकिन गरि तिनसँग श्रम सम्झौता गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

नेपाली कांग्रेसकी नेतृ डा। डिला संग्रौलाले सरकारले बैदेशिक रोजगारीलाई ब्यवस्थित बनाउने र स्वदेशमा रोजगारीको सिर्जना गर्नेतर्फ पहल नै नगरेको दावी गर्नुभयो । विदेश गएका युवालाई फर्काउने बहस चलिरहे पनि सरकारको शैली त्यसको उल्टो भएको भन्दै उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमको दुरुपयोग भएको आरोप पनि लगाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here