काठमाडौं । विश्वमा कस्ता–कस्ता घटनाहरु बाहिर आउँछन भन्न सक्ने अवस्था हुँदैन । सामान्यतया जनताले चुनेर पठाएका सांसदहरुले हल्ला गरेपछि अर्थात विपक्षीले विरोध गर्न थालेपछि संसद स्थागित हुँदै आउँने गरेको छ । तर केन्याको व्यवस्थापिका संसदमा केही फरक भयो जसले सबैलाई चकित तुल्यायो ।
बुधवार, होमा बे काउन्टी सम्मेलनका एक सदस्यले यति धेरै पाद ‘फोहोर ग्यास’ छोडे कि संसदको कार्यवाही नै स्थगित गरियो । सत्तापक्ष र विपक्षी सांसदमा बीचमा कुनै विषयलाई लिएर बहस भइरहेको थियो । यो भिडमा एकजनाले पादेपछि सबै सदस्यहरूले नाक थुने तर त्यतीमा बस्न नसकेपछि १० मिनेटका लागि संसद अवरुद्ध गरियो । संसद रोकिएपछि सबै सांसद आफ्नो नाक थुनेर बाहिर निस्के र १० मिनेटपछि फेरि बैठक सुरु भयो ।
त्यहाँ अर्को रमाइलो के भने एकले अर्कालाई पादेको आरोप लगाइरहेका थिए । जुलियस गाइया नामका सांसदले सभामुखलाई भने, ‘हामी मध्ये केवल एकले सदनको हावा प्रदूषित गरेको छ ।’ सभामुख एडविन काकाचले १० मिनेटको लागि सभा स्थगित गरे, जुन समयमा सबै सदस्यहरू बाहिर गएका थिए । सोही समयमा सभामुखले त्यहाँ उपस्थित कर्मचारीलाई घर भित्र कोठा फ्रेसनर छर्काउन लगाए ।