जनताको सेवा जिवन भर गर्छु भने प्रतिज्ञा लिन जनप्रतिनिधिहरुलाई मन्त्री यादवको सल्लाह

नेपाल सरकारका उधोग वाणिज्य तथा आपुर्ती मन्त्री मात्रिका प्रसाद यादवले धुवा मुक्त भन्दा भ्रष्ट्राचार मुक्त बनाउन सुझव दिनु भएको छ । यमुनामाई गाउँपालिका द्धारा कम्प्युटर, पंखा, स्मार्ट टिभी, ग्यास चुल्हो र सिलिण्डर वितरण कार्यक्रमको अवसरमा आयोजित विशास सभालाई सम्बोधन गर्दै मन्त्री यादवले गोईठा र दाउराबाट घर गन्हाउदैन् तर भ्रष्ट्राचारबाट सिङगो गाउँपालिका गन्हाउने भएकोले भ्रष्ट्राचार मुक्त गर्न आग्रह गर्नु भयो ।


भ्रष्ट्राचारलाई कुनै ठाउँ नदिन् भन्दै मन्त्री यादवले पारदर्शी हुन आग्रह गर्नु भयो । जनप्रतिनिधिहरुलई सचेत गराउदै मन्त्री यादवले “एक माघले जाडो जादैन्” बोल्नु भयो । जिन्दगी पाँच वर्षको मात्र होईन् जनताको सेवा जिवन भर गर्छु भने प्रतिज्ञा लिन जनप्रतिनिधिहरुलाई सल्लाह दिनु भयो ।


मन्त्री यादवले अहिलेको युग ज्ञान तथा विज्ञानको युग रहेको बोल्नु हुदै बालवालिकाहरुलाई पठन सुझाव दिनु भयो । युवाहरुलाई विदेश नजान अनुरोध गर्दै विदेशबाट पैसा संगै विकृती आउने गरेको बताउनु भयो ।
गाउँ गाँउमा कसरी रोजगारी श्रीजना गर्न सकिन्छ त्यसका लागि सरकार गंम्भीर रहेको मन्त्री यादवले बताुन भयो । घरेलु उधोग खोल्नुस सरकार हरेक किसीमले तैयार रहेको प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
यमुनामाई गाउँपालिका अध्यक्ष श्रीप्रसाद मुखियाको अध्यक्षतामा भएको विशाल सभामा नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज युवराज भटराईले यमुनामाई लगायत नेकपाले नेतृत्व गरेको जिल्लाका स्थानिय तहहरुमा कार्यपालिका विचका समस्या तत्काल हल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
नेकपाका प्रदेश दुई का सदस्य एवं पुर्व संविधान सभा सदस्य अशोक जैसवालले मन्त्री मात्रिका प्रसाद यादवलाई मधेशको गणेशमान सिंहको संज्ञा दिदै जनयुद्धमा एक सय चौरासी जनाले बलिदानी दिएको रौतहट जिल्लालाई विशेष मया गरिदिन पार्टीको उदासिन कार्यकर्ता र नेताको तर्फबाट आग्रह गर्दैछु बोल्नु भयो ।


कार्यक्रममा नेकपा नेता सुधिर यादव, महमद मकसुद राकीले समारोहमा बोल्दै यमुनामाईमा उधोग स्थापनाका लागि मन्त्री यादव संग जोरदार माग गर्नु भयो ।
सो अवसरमा नेपाल सरकारका पुर्व उर्जा राज्य मन्त्री सत्यनाराण भगत बीन, रौतहट क्षेत्र नम्बर तिन (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य नागेनद्र यादव, नेकपा नेता विन्देश्वर यादव, विपीन जैशवाल, सुरे्न्द्र यादव, नेकपा दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंह, यमुनामाई गाउँपालिकाका उपाध्यक्ष गिता देवी साह, यमुनामाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहमद सम्साद आलम सहितको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here