नेपालमा लामो समय सुत्ने प्रतियोगिता हुने

काठमाडौँ – यदी तपाई लामो समयसम्म सुत्ने प्रतियोगिता भयो भने भाग लिनुहुन्छ ? हो नेपालमा लामो समय सुत्ने प्रतियोगिता नै हुने बताइएको छ । लामो समयसम्म सुत्ने प्रतियोगिता काठमाडौंमा गर्ने तयारी भएको छ। लामो समयसम्म सुत्दा मानिसको स्वस्थ्यमा कस्तो असरपर्छ भन्ने अध्ययन गर्न एउटा गैर सरकारी सस्थाले यस्तो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

सात दिन सात रात लामो समय सुत्ने प्रतियोगिता आयोजना गर्ने विषयमा अध्ययन गरिरहेको उक्त संस्थाले जानकारी दिएको छ ।
कुन स्थान र कहिले प्रतियोगिताको आयोजना गर्ने भन्ने विषयमा संस्थाले अहिले जानकारी नगराउने तर सुझाव सल्लाहअनुसार प्रतियोगिता गर्ने तयारी भइरहेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here