भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित रेनु दाहालको कार्यकाल २६ महिना पुगेको छ । विभिन्न चुनावी नारासहित मैदानमा उत्रिएकी दाहालले झिनो मतमा तत्कालिन एमालेका उम्मेद्वार देवी ज्ञवालीलाई पराजित गरेकी थिइन् ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेनु लामो समयदेखि राजनीतिमा छन् । उनले भरतपुर महानगरको नेतृत्व लिएपछि विभिन्न कामले गति लिएका छन् । उनको सचिवालयले विभिन्न २८ काम गरेको जानकारी दिएको छ ।
हेर्नुस् भरतपुर महानगरमा भएका २८ काम
१. २ बर्ष नपुग्दै १२५ कि.मी. भन्दा बढी सडक कालोपत्रे ।
२. कृषि तथा वन विश्वविद्यालय रामपुरको स्थापनामा सुरुवात देखि नै पहलकदमी र विकास।
३. अन्तर्राष्ट्रिय गौतम बुध्द रंगशालाको निर्माणको पहलकदमी।
४.अन्तर्राष्ट्रिय सभागृह( सिटी हल) निर्माणको सुरुवात।
५. भरतपुर अस्पतालको भौतिक पूर्वाधार ब्यवस्थापन, महिला र वृद्धवृद्धालाई नि:शुल्क ओपिडी सेवा।
६. विभिन्न विधालयहरुको भौतिक पूर्वाधार निर्माण।
७. तरकारी मण्डीको स्थानान्तरण र बहु-तले ब्यवसायिक भवनको निर्माणको योजना।
८. तीन पांग्रे सवारी ब्यवस्थापन/ ट्राफिक ब्यवस्थापन/ ब्यवस्थित पार्किङ ।
९. भरतपुर महानगरको बजेटमा वृद्धि।
१०. रामपुरमा त्रिभुवन विश्वविद्यालयको आंगिक ‘चितवन ईन्जिनियरिङ कलेज’को स्थापना।
११. विभिन्न महिला समूह र सहकारीहरुको शशक्तिकरण।
१२. कृषक प्रोत्साहन कार्यक्रम ।
१३. सबै वडाहरुमा खेल मैदान निर्माणको योजना।
१४. भरतपुर विमानस्थलको विस्तार तथा स्तरोन्नतिको पहलकदमी र सुरुवात।
१५. सरकारी जग्गाहरुको खोजी, संरक्षण र ब्यवस्थापन।
१६.. भूमिहीन सुकुम्बासी जनताहरुलाई जमिन र आवास हस्तान्तरणको सुरुवात र पहल ।
१७. कोरिया संगको सहकार्यमा फोहोरमैला ब्यवस्थापनको गुरुयोजना निर्माण र पहल ।
१८. चितवन राष्ट्रिय निकुञ्ज बाहिर फाउन्डेसन सहितको मेष जाली निर्माणको सुरुवात र पहल ।
१९. हरियो महानगर बनाउने उद्देश्य सहित वृक्षारोपण र गुरुयोजना निर्माण।
२०. ब्यवस्थित बसोबासका लागि निर्माणमा नयाँ मापदण्ड लागू ।
२१. आगामी शैक्षिक सत्रदेखि महानगरको आफ्नै नयाँ पाठ्यक्रम लागू गर्ने तयारी।
२२. सामुदायिक विधालयहरुमा CTEVT अन्तर्गतका संकायहरुको सुरुवात।
२३. सडकहरुको ब्यवस्थापन/ चौडा सडकहरुको निर्माण/ लिंक रोड र रिङ्ग रोड निर्माणको पहलकदमी र सुरुवात।
२४. अव्यवस्थित जग्गा कटिङ्ग र कित्ताकाटमा रोक।
२५. अन्तर्राष्ट्रिय समुदायसंग भरतपुर महानगरको सम्बन्धमा बिकास।
२६.शहरी स्वास्थ्य परियोजनाको सुरुवात।
२७. पर्यटकीय स्थलहरुको संरक्षण, विकास र प्रवर्द्धन।
२८.उत्कृष्ट र नमुना महानगरको घोषणा, पुरस्कृत।