बलिउड अभिनेत्री सोनाक्षी ऋतिक रोशनसँग विवाह गर्न राजी

काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षीले आफू अभिनेता ऋतिक रोशनसँग विवाह गर्न चाह रहेको बताएकी छन् । लाइफ स्टाइल म्यागजिनलाई अन्तर्वार्ता दिनेक्रममा उनले आफू विवाहका लागि ऋतिकसँग राजी भएको बताएकी हुन् । ‘कुन पुरुष सबैभन्दा ठीक हुन सक्छ, जोसँग सोनाक्षी विवाह गर्न चाहन्छिन् ?’ भन्ने म्याग्जिनको जिज्ञासामा उनले भनिन्, ‘ ‘म यस्तो पुरुषलाई अपनाएर जीवनसाथी बनाउन चाहन्छु जसले मलाई खास महत्व दिन्छ र कहिल्यै झुटो बोल्दैन ।

त्यसपछि फिल्म क्षेत्रकै मान्छे विवाहका लागि रोज्दा कसलाई रोज्नु हुन्छ ? भन्ने प्रश्नको जवाफ दिने क्रममा उनले ऋतिकको नाम लिएकी हुन् । उनले आफूले कुनै गलत नियतले विवाह नगर्ने पनि स्पष्ट पारेकी छन् ।

पछिल्लो समय बलिउडमा अभिनेत्रीहरुको विवाहले चर्चा पाउन थालेको छ । सोनम कपुरले बिहे गरिसकेकी छन् भने प्रियंका चोपडा र दीपिका पादुकोण पनि वैवाहिक बन्धनमा बाधिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here